Comments Add Comment

रवीन्द्र अधिकारीकी पत्नीलाई एलआईसी नेपालले दियो बीमा दावी भुक्तानी

२१ फागुन, काठमाडौं । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई (अधिकारी) लाई लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) लिमिटेडले बीमा दावी रकम हस्तान्तरण गरेको छ ।

गत बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएका अधिकारीकी पत्नी विद्यालाई कम्पनीले घरमै पुगेर बीमा रकम हस्तान्तरण गरेको हो । दिवंगत मन्त्री अधिकारीले एलआईसी नेपालमा बीमा गरेका थिए ।

मृत्यु भएको केहि दिनमै कम्पनीले कास्कीको पोखरास्थित घरमै पुगेर १२ लाख ६९ हजार ५ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको कम्पनी सचिव विनोदकुमार भुजेलले जानकारी दिए ।

उनका अनुसार मन्त्री अधिकारीले ८ बर्ष अघि ५ लाखको बीमा गरेका थिए । ५ लाख रुपैयाँको बीमामा दुर्घटना वापत र बोनस समेत गरी एलआइसीले १२ लाख ६९ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment