+
+

भारतीय पनडुब्बीको घुसपैठ प्रयास असफल पारेको पाकिस्तानको दावी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २१ गते १६:५२

२१ फागुन, काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव केही मत्थर भए पनि अन्त्य भएको छैन । दुवै देश एक–अर्कालाई कसरी तल पार्न सकिन्छ भन्ने दौडमै छन् ।

यही क्रममा आज पाकिस्तानी नौसेनाले एउटा भारतीय पनडुब्बीलाई आफ्नो जल क्षेत्रमा घुसपैठ गर्न खोज्दा रोकेको दावी गरेको छ । नौसेनाका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पाकिस्तानी जलक्षेत्रमा भारतीय पनडुब्बीको उपस्थिति पत्ता लगायौं र त्यसलाई धपायौं ।’

वक्तव्यमा शान्तिको मार्गमा हिँड्ने पाकिस्तान सरकारको नीति बमोजिम पनडुब्बीमा आक्रमण नगरिएको पनि उल्लेख छ । पाकिस्तानले घटनाको भिडियो पनि जारी गरेको छ । भिडियो टाइमका अनुसार यो घटना सोमबार राति करिब साढे ८ बजेको हो ।

पाकिस्तानको दावीमाथि भारतीय पक्षले कुनै प्रतिक्रिया दिएको छैन । सन् २०१६ को नोभेम्बरमा पनि भारतीय पनडुब्बीलाई पाकिस्तानी नौसेनाले रोकेको थियो । तर, भारतीय नौसेनाले पाकिस्तानी दावीको खण्डन गरेको थियो ।

यसैबीच भारतीय नौसेना प्रमुखले भारतमाथि समुद्रको मार्गबाट आतंकवादी हमला हुन सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?