Comments Add Comment

इमरानले हिन्दुविरुद्ध बोल्ने मन्त्रीलाई हटाए

काठमाडौं । हिन्दुबारे आपत्तिजनक अभिव्यक्ति दिएका पाकिस्तानको पञ्जाब प्रान्तका सूचना र संस्कृतिमन्त्री फैयाज अल हसन चौहानलाई हटाइएको छ ।

पञ्जाबका मुख्यमन्त्री सरदार उस्मान बुजदारले फैयाज चौहानलाई बोलाएर सोधपुछ गरेका थिए । लगतै उनले राजीनामा दिएका छन् । चौहानलाई प्रधानमन्त्री इमरानकै निर्देशनबाट राजीनामा दिन भनिएको बताइएको छ ।
मुख्यमन्त्रीको तर्फबाट जारी बयानमा इमरान खान नेतृत्वको पाकिस्ताान तहरिक-ए-इन्साफ पार्टीले कुनै प्रकारको भेदभाव स्वीकार्य नगर्ने उल्लेख छ ।

चौहानले हिन्दुहरुलाई गाईको मुत्र खाने बताउँदै भारतले पाकिस्तानको सामना गर्न नसक्ने बताएका थिए । यो अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको थियो ।

प्रधानमन्त्री इमरानका राजनीतिक मामिला सल्लाहकार नइमुल हकले ट्वीट गर्दै पीटीआईले यस प्रकारको बकवासलाई स्वीकार नगर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment