Comments Add Comment

सांसदको प्रश्न : कण्डम निशुल्क हुने तर महिलाको प्याड किन नहुने ?

२२ फागुन, काठमाडौं । सांसद विमला विकले महिलाहरु महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याड निशुल्क वितरण गर्नुपर्ने बताएकी छन् ।

उनले कण्डम निशुल्क वितरण गर्ने प्रचलन भए पनि प्याड किन निशुल्क नभएको भनी प्रश्नसमेत गरिन् ।

बुधबार संसदमा छाउपडी प्रथा अन्त्यसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै उनले भनिन् ‘म सानो कुरा भन्न चाहन्छु समाभुखज्यू । हामीले हाम्रो सौचालयहरुमा कण्डमलाई फ्री बनाएका छौं तर, महिला महिनावारी हुँदा प्रयोग हुने कटनका टुक्राहरु अथवा प्याडलाई फ्री गराउन सक्यौं कि सकेनौं ?’

सांसद विकले संघीय संसदकै महिला सौचालयमा पनि प्याडको व्यवस्था नभएको उल्लेख गरिन् । ‘हाम्रो संसदको सौचालय, महिला सौचालय, त्यहाँ प्याडको व्यवस्था छ ? छैन’, उनले भनिन्, ‘हामी महिलाहरु पनि माननीय भएर बसिरहेका छौं । हाम्रो संवेदनशीलता खै ? म प्रश्न गर्न चाहन्छु ।’

उनले छाउपडी प्रथा जघन्य अपराध भएको जिकिर पनि गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment