Comments Add Comment

खै कस्तो प्यार ? तनाव छ यार !

धेरैपछि एकजना साथीसँग गोगंबु बसपार्कमा भेट भयो ।

सोधें- के छ खबर ?

‘तनाव छ यार !’ उसले सोच्दै नसोची एकै श्वासमा उत्तर दियो ।

काठमाण्डौमा भर्खर बिहानी उषाले धर्ती टेक्दैछ । तर, उसले मेरो प्रश्नको उत्तर भूइँमा नटेक्दै दिइहाल्यो । फिस्स हाँस्यो । सायद मसँगको भेटले उसमा खुसी छचल्किहाल्यो ।

उसले फेरि थप्यो – जिन्दगीमा यार जहिल्यै तनाव ! आज चाँडै अफिस जानु छ ।

उसले अफिस चाँडै जानुमा तनाव भेट्यो । थाहा छैन, ऊ चाँडै अफिस जादैँमा तनाब लिनुपर्ने  थियो या थिएन ।

यहाँ ऊ मात्रै होइन, हामीमध्ये धेरै तनावले नै घेरिएका छौं । तनाव नै नभए पनि तनाव छ भनेर फ्याट्ट बोलिहाल्छौँ । तनावका अनेक कारण र विषय हुन सक्छन् ।

उसको फिस्स हाँसोमा तनावका रेखा थिएनन् । तैपनि उसले शब्दमा भने बोलिसकेको थियो । मैले त्यसैलाई मानें । ऊ तनाव बोकेर हिँड्न आँट्यो । हामीबीच थप कुरा भएन ।

मैले हात मिलाएर बिदा गर्नु नै उपर्युक्त ठानें । उसलाई क्याफेमा राखेर एककप तातो कफी खुवाउने मनको चाहना त्यहीँ बिसाएँ । उसमा शात्वनाका बिज छर्न सकिनँ । ऊ बाइकमा सुइँकियो ।

महंगी, करियर, जागिर, पढाइ, घरव्यवहार, रोग, देखासिकी, विवाह, लभ अफेयर्स तनावका स्रोत हुन् । यिनै स्रोतबाट तनाव निस्किएको छ । जसले हाम्रो दैनिक जीवनलाई खुसीबाट टाढा राखेर मुखबाट तनाव ओकल्न बाध्य बनाएको छ

 

 

महंगी, करियर, जागिर, पढाइ, घरव्यवहार, रोग, देखासिकी, विवाह, लभ अफेयर्स तनावका स्रोत हुन् । यिनै स्रोतबाट तनाव निस्किएको छ । जसले हाम्रो दैनिक जीवनलाई खुसीबाट टाढा राखेर मुखबाट तनाव ओकल्न बाध्य बनाएको छ ।

ऊ चाडैं अफिस पुग्यो या पुगेन थाहा भएन । तर, एउटा कुरा भने थाहा थियो, ऊ तनाव लिएर हिँडेको थियो ।

अनि म ? म अपवाद हुन सक्ने कुरा भएन । म आफैंले पनि धेरैपटक तनाव छ, भन्दै अरुबाट संवाद टुंग्याएको छु । आफ्नो बाटो सोझ्याएको छु ।

अनि तपैं ? उत्तर तपाई सोच्नुस् यहाँ म आफैं भन्छु ।

आजभोलि धेरैको मथिंगल तनावले भरिएको हुन्छ । महंगी, करियर, जागिर, पढाइ, घर व्यवहार, रोग, देखासिकी, विवाह, लभ अफेयर्स, यिनै स्रोतबाट तनाब निस्किएको छ ।

भर्खरै स्कुल जाने बच्चाले धेरै होमवर्क दिएको निहुँमा मिसले तनाव दिए भनेर भन्छ । बुढ्यौलीले परिपक्व हजुरबा हजुरआमा रोगले तनाव दियो भन्नुहुन्छ । कर्मचारी हाकिमले तनाव दिएको भन्दै अघिपछि खासखुस गरिरहन्छन् । सेवाग्राहीले कुरै नबुझ्ने भन्दै कर्मचारीहरु तनाव पोख्छन् । कामका लागि नेताको घरदैलो चाहार्नेहरु नेताले कामै नगरिदिएर तनावमा पारेको बताउँछन् ।

अरु केही नभए देश नबनेको भन्दै एउटा जमात चिया पसलमा तनाव छ भन्दै देशप्रति नै रोष प्रकट गर्छ । अधिकांश मानिस तनावमुक्त छैनन् ।

फेरिएको दिनचर्याले धेरैमा तनावको भारी बोकाइदिएको छ । त्यसैले मान्छे हालखबरमा पनि तनाव जोडिहाल्छ । फेसबुक, ट्वीटर र युट्युब चलाएर मात्रै बस्ने हैन, यत्तिकै दिन बिताइरहने पनि तनावमै हुन्छन् । उनीहरुको तनाव खाली बस्नुमा हुन्छ । काम पाएपछि पनि तिनीहरुको तनाव घट्दैन बरु विस्तारै अरु बढ्छ । काम पाउनेले पनि तनावै छ भन्छन् ।

अझ बढी तनाव कहाँ हुनेले पोख्छन् ? थाहा छैन भने पुतलीसडक र बागबजारका ट्युसन सेन्टरमा जानुस् । साँझ-बिहान ओहोर-दोहोर गर्ने सयौं विद्यार्थी, जो सरकारी सेवा प्रवेशका लागि घोटिइरहेका हुन्छन्, तिनैले प्रत्येक शब्द-शब्दमा उतार्छन् ।

पोहोर साल अन्तवार्तामा फालियो । अहिले विज्ञापन नै गरेन । यो पाराले घरमा कसरी मुख देखाउनु ? तनाव छ यार ! अर्को उसैको शब्द सापटी लिँदै- लोकसेवाको तयारी गरेको वर्षौं भयो, नाम निस्कने छाँट छैन । यसकै लागि न विदेश ट्राइ गरियो । न जागिर गरेर एक सुको पैसो कमाइयो । घरमा कत्ति पैसा माग्नु ? तनाव छ यार ! भाषा यही ।

तनाव भएको भन्नेमा बढी युवायुवती हुन्छन् । हुन पनि हो, उनीहरुमा भविश्यको गन्तव्य तय नभइसकेको हुन सक्छ । आएका अवसर समात्न नसक्दा उनीहरुको मनस्थिति भावनात्मकरुपमा नभई शारीरिकरुपमा पनि गल्न सक्छ । पीडित हुन सक्छन् ।

स्वदेशमा हुनेहरु बाहिर जान नपाएकोमा दुखेसो गर्छन् । विदेशमा हुनेहरु स्वदेशमा बस्न नपाउँदाको न्यास्रो पोख्छन् । जागिर हुनेहरु सोेचेजस्तो जागिर नभएको भन्छन् । जागिर नहुनेहरु कामै नपाइएको भन्छन् । कम पैसा हुनेहरु धेरै पैसा कमाउने लालसाले जेलिन्छन् । छाक टार्न धौ-धौ पर्नेहरु सरल जीवनयापनको आशा राख्छन् । जहाँ तनाव मिसिन्छ । तनाव भेटिन्छ ।

तनाव हुनुका अनेक विषय हुन सक्छन् । फरक यसको प्रकृतिमा होला । आजभोलि तनाव व्यवस्थापनमा चुक्दा धेरैले जीवनमा अपि्रय बाटो रोज्दै आइरहेका छन् । अप्ठ्यारोमा पर्दा/हुदाँ तनावमा हुनु स्वभाविकै होला । तर, मान्छे रमाइलो र खुसीमा हुदाँ पनि तनाव छ भनेर बोल्छ । मान्छे यति कुरामा अभ्यस्त बनिसक्यो कि उसले तनाव भन्न/बोल्न कतै छुटाएको हुन्न ।

तनाव आफैंमा प्रिय नहोला । तनाव भएन भने पनि फेरि प्रगति नहोला । जुन शब्द धेरै प्रयोगमा ल्याइन्छ । त्यही शब्द सबैको मुखमा झुण्डिन्छ । बालक, युवा, वयस्क र वृद्ध सबैले यसलाई सर्वव्यापी मानेर उच्चारण गरिरहेछन् ।

त्यसैले भन्न मन लाग्छ- खै कस्तो प्यार ? तनाव छ यार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment