Comments Add Comment

राष्ट्रिय टिममा नराख्ने प्रशिक्षकको घोषणाले थोमस मुलर आक्रोशित

जर्मन फुटबल टिमका स्ट्राइकर थोमस मुलर प्रशिक्षक जोचिम लोले आफूलाई टिममा छनोट नगर्ने निर्णय लिएपछि क्षुब्द बनेका छन् । आफू अहिले पनि माथिल्लो श्रेणीको फुटबल खेल्न सक्षम रहेको उनको भनाई छ ।

सने २०१४ को विश्वविजेता जर्मन टिमको सदस्य रहिसकेका २९ वषिर्य मुलर सहित ३० वर्षका दुई खेलाडी जेरोम बोटेङ र म्याट्स ह्यूमेल्सलाई २०१९ को जर्मन राष्ट्रिय टिममा समावेश नगर्ने प्रशिषक लोले बताएका थिए ।

यस विषयमा प्रतिक्रिया दिँदै मुलरले भनेका छन्, ‘यो कुरा सुन्दा मलाई रिस उठेको छ । प्रशिक्षकको निर्णयले अचम्भित पनि भएको छु । प्रशिक्षकले निर्णय लिन पाउँछन् , तर यसरी होइन । हामी तीन जना अहिले पनि जुनसुकै स्तरमा खेल्न सक्छौं ।’

बार्यन  म्युनिकका फरवार्ड मुलरले आफ्नो देशका तर्फबाट १०० म्याच खेल्दै ३८ गोल गरेका छन् । सन् २०१० को विश्वकपमा उनले सर्वाधिक गोल गर्दै गोल्डेन बुटसमेत जितेका थिए ।

जर्मनीले आउँदो २० मार्चमा सर्बियाविरुद्ध मैत्रिपूर्ण म्याच खेल्दैछ । त्यसपछि २०२० को यूरो क्वालिफायरमा उसले नेदरल्यान्ड्स विरुद्ध भिड्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment