Comments Add Comment

हमाललाई ‘प्रेमगीत ३’बाट अफर, के बन्लान् प्रदिपका पिता ?

नायक राजेश हमाललाई चलचित्र ‘प्रेमगीत ३’का लागि अफर गरिएको छ । नायक हमाललाई यो चलचित्रमा नायक प्रदिप खड्काको पिताको भूमिकाका लागि अफर गरिएको हो । हालै चलचित्रका निर्माता सन्तोष सेन, निर्देशक छेतन गुरुङ र नायक प्रदिप खड्कासँग नायक हमालले भेट गरेका छन् । चलचित्रमा पिताको भूमिका गर्ने बिषयमा हमाल सकारात्मक भएपनि संझौता भने भैसकेको छैन ।

नायक हमालले ठट्टामा कुरा गर्दै बारम्बार आफू १६ बर्षको बताउँदै आएकाले पनि उनी पिताको भूमिकामा अहिलेका चल्तीका नायकसँग काम गर्न तयार होलान् या नहोलान् भन्ने दोधार छ । यो भूमिकाका लागि चलचित्र क्षेत्रकै एक पाका कलाकारको आवश्यकता पर्ने भएकाले यसको निर्माणपक्षले हमाललाई अफर गरेको हो ।

नायक हमाल आफैले पनि चलचित्र निर्देशन गर्ने तयारी गरिरहेका छन् । अमेरिकामा बस्ने निर्माताको चलचित्रका लागि अहिले काम भैरहेको छ । चलचित्र ‘प्रेमगीत ३’को छायांकन दशैंपछि सुरु गर्ने तयारी गरिएको छ । चलचित्रका लागि नायिका नयाँ राख्ने योजना यो चलचित्रको निर्माणपक्षको छ ।

नायक हमालले यो चलचित्रमा संझौता गरेको खण्डमा पुराना पुस्ताका सफल नायक र अहिलेका चल्तीका नायकलाई एउटै फ्रेममा हेर्ने दर्शकको चाहना पुरा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment