Comments Add Comment

ठूलो स्क्रिन, क्यामरा र उच्च क्षमताका साथ सामसुङ्ग ग्यालेक्सी एस टेन

२३ फागुन, काठमाडौं । सामसुङ्ग इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस टेन स्मार्ट फोन बजारमा उपलब्ध गराएको छ । एस सिरिज अन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा प्रस्तुत गरेको छ । यससँगै स्मार्टफोनको बजारमा सम्पूर्ण आवश्यकताहरुलाई यस फोनले समेट्ने छ । यसको लागि क्यामरा, डिस्प्ले तथा कार्यक्षमता अद्वितीय रहेको छ ।

एक दशकभन्दा लामो अनुसन्धानबाट विकास गरिएको यस मोबाइल फोनले नयाँ पुस्ताको मोबाइल फोनको कार्यक्षमता प्रदर्शन गरेको छ । ग्यालेक्सी एस टेनको डिस्प्ले, क्यामरा, कार्यक्षमता सबै उत्कृष्ट रहेको छ । नयाँ डाइनामिक एमोलीड डिस्प्ले, न्यू जेनेरेशन क्यामरा, चुस्त कार्यक्षमता आदिले ग्राहकहरुलाई वास्तवमै स्मार्टफोनको नयाँ मापदण्डका रुपमा ग्यालेक्सी एस टेन स्थापित भएको छ ।

‘१० वर्ष अघि सामसुङ्गले जब ग्यालेक्सी एस सिरिज बजारमा प्रस्तुत गरेको थियो । त्यस पछि एस सिरिज नविन आविष्कारका साथ ग्राहकहरुलाई अभूतपूर्व क्षमता प्रदान गरी पहिचान स्थापित गर्न सफल भयो’ सामसुङ्ग मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए । ग्यालेक्सी एस टेनले डिस्प्ले, क्यामरा तथा कार्यक्षमतामा नवीनता प्रदान गर्नूका साथै यसका चार प्रकारमा मोडलहरुले खास खास विशेषता सहित ग्राहकवर्गलाई आफ्नो नवीन कार्यक्षमता प्रदर्शन गर्ने छन् ।

विश्वकै पहिलो एचडीआर १० प्रमाणित डाइनामिक एमोलीड डिस्प्ले एवं अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानरको साथ फुल स्क्रिनको जीवन्त अनुभव लिन सकिन्छ । यस फोनमा हरेक डिजिटल विषयवस्तुहरु स्पष्टरुपमा देख्न सकिन्छ भने यसको वृहत् कलरहरुले तस्वीरलाई जीवन्त तुल्याउन मद्दत पुगेको छ ।

प्रो–गे्रड क्यामरा, अल्ट्रा वाइड लेन्सहरु, उच्चस्तरीय भिडियो रेकडिङ्ग सुविधा, एआई क्यामरा लगायत थुप्रै विशेषताहरुले यो फोन अद्वितीय वन्न पुगेको छ । फोनमा भएका तुलनीय विशेषताहरुले फोन आफैमा विशेष बन्न पुगेको छ । यसको वायरलेस पावरशेयर सुविधाले सहजै चार्ज गर्न सकिन्छ । क्यिूआई द्वारा प्रमाणित भएको हुँदा वयरेबल डिभाइस सँग सहजै मिल्न सक्छ । यसको विशेष कार्यक्षमताले व्याट्रि, र्याम तथा सीपीयू तथा तापक्रम जस्ताकुराहरु प्रयोगकर्ताले जुन तरिकाबाट प्रयोग गर्नुहुन्छ सोही तरिकाले समायोजन हुन जान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment