+
+

राष्ट्रपतिद्वारा महिला दिवसको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २४ गते ८:४१

२४ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्धको विभेद र उत्पीडन अन्त्यमा सहयोग गर्न सबैमा आग्रह गरेकी छन् ।

१०९औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् ।

संयुक्त राष्ट्र सङ्घको दीगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानता समेटिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले त्यसको कार्यान्वयनमा जोड दिएकी छन् । सन् २०३० सम्ममा पूरा गर्ने गरी तय गरिएको लक्ष्य पूरा भएमा नेपाल महिलाका लागि अनुकरणीय देश बन्ने राष्ट्रपतिको भनाइ छ ।

‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक छ भन्ने सन्देश दिएको राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?