Comments Add Comment

‘चट्ट रुमालकी’ गायिका मेलिनाले गरिन् ‘यात्रा’ टिमको निन्दा

चलचित्र ‘यात्रा’मा समावेश ‘चट्ट रुमाल’ बोलको गीतले युटुबमा राम्रो भ्यूज पाइरहेको छ । तर, यो गीतलाई दर्शकले तारिफ भन्दा बढी गाली गरेका छन् । दर्शकले पुरानो चलचित्र ‘आफ्नो मान्छे’मा समावेश यो गीतलाई बिगारेर सार्वजनिक गरिएको भन्दै आलोचना गरेका छन् । गीत हेरेपछि यो चलचित्रका गायक–गायिकामाथि पनि प्रश्न उठाइएको छ ।

शम्भुजित बास्कोटाको संगीत, बाबुराम दाहालको शब्द रहेको यो गीतमा शम्भुजित र साधना सरगमको स्वर छ । नयाँ भर्सनमा भने गायक धमेन्द्र सेवान र गायिका मेलिना राइको स्वर छ । राजन इशानले गीतको रिएरेन्ज गरेका हुन् ।

गीतमा अत्याधिक गाली आएपछि गायिका मेलिना राइले फेसबुकमा स्टाटस लेख्दै यो चलचित्रको टिमप्रति नै ‘घोर निन्दा गर्दछु’ भनेर उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘कुनै पनि गीत लेजेन्डले गाइसक्नु भएको र उही बेला सुपरहिट भैसकेको गीतलाई रिमेक गरेर बजारमा ल्याउनु आफैमा चुनौतीको कुरा हो । त्यही कुरालाई ध्यानमा राखी पुरा मिहिनेत गर्न पछि परेका थिएनौ हामी । व्यक्तिगत रुपमा मैले यो गीतलाई २ पटक गाएको थिएँ । सुमन केसीले पनि तिनपटक आवाज दिनुभएको थियो तर उहाँको आवाज राखिएन । यति धेरै कुरा गरेर तयार भएको गीत नराखेर उही थोत्रे पुरानो नै राखियो । हामीले सयौं अनुरोध गर्यौ, तर गीत परिवर्तन भएन ।’

उनले ट्रेन्डिङ र भ्यूजको लोभमा आफूहरुलाई चपेटामा पनि पारिएको बताएकी छिन् । यो कुराले आफूलाई निकै नै ठूलो असर परेको भन्दै उनले गायिका भएको नाताले ‘टिमप्रति घेरा निन्दा गर्दछु’ भनेर स्टाटस लेखेकी छिन् ।

मेलिनाले स्टाटस लेखेर आपत्ती जनाइरहँदा यो गीत रिएरेन्ज गरेका राजन इशानले भने पुरानो गीतलाई रिएरेन्ज गरेर नयाँ बनाउँदा गाली आउनु स्वभाविक भएको बताएका छन् । उनले भने–‘उहाँलाई अटो ट्यूनिङ चलोस् भन्ने लागेको थियो होला । तर, यो गीतमा अटो ट्यूनिङ चलेको छैन । अटो ट्यून निकालिदिने हो भने त अहिले नेपालमा गायक–गायिका नै भेट्न मुश्किल पर्छ । मलाई गीत ठिक लागेर नै फाइनल गरेको हुँ ।’

उनले अगाडि भने–‘धमेन्द्र सेवान र मेलिना राईको आवाज मैले नै रेकर्ड गराएको हुँ । उहाँहरुको आवाज फाइनल भएपछि नै राखिएको हो । दुबैले एक–एक पटक गाउँदा नै ओके भएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment