Comments Add Comment

७ सिटे हेलिकोप्टरबाट बेन्च सिट हटाइने

२४ फागुन, काठमाडौं । सरकारले ७ सिटे (६+१) हेलिकप्टोरबाट बेन्च सिट हटाउन सुरु गरेको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको यस्तै हेलिकोप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हलिकोप्टरबाट बेन्च सिट हटाउन कम्पनीहरुसँग सहमति गरेको छ ।

त्यसैका आधारमा केही कम्पनीहरुले बेन्च सिट हटाइसकेका छन् । प्राधिकरणका एक अधिकारीका अनुसार एएस ३५०को ६+१ सिटवाला हेलिकोप्टरलाई अब ५+१ मा राखेर मात्रै राखेर चलाउने सहमति भएको छ ।

एयरबसका हेलिकप्टरमा यस्ता बेन्च सिटहरु हुन्छन् । प्राधिकरणका एक उच्च अधिकारीका अनुसार झण्डै एक दर्जन यस्ता सिट हटाइसकिएको छ ।

‘यस्ता सिट कम्पनीमै जोडिएका हुन्छन् । तर, उच्च हिमाली क्षेत्रमा उडान गर्दा यस्ता सिटमा यात्रु राख्न सुरक्षाका हिसावले उचित देखिएन,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘यात्रु तथा पाइलटको प्रवृत्तिलाई ध्यानमा राख्दा पनि ७ सिटे हेलिकोप्टरको बेन्च सिटलाई हटाउनुपर्छ भनेर निश्कर्षमा पुगेका हौं ।’

हेलिकोप्टर कम्पनीहरु पनि बेन्च सिट हटाउन तयार भएका छन् । महानिर्देशक गौतम नेपालको बिशिष्ट भूगोललाई ध्यानमा राखेर यस्तो सहमति बनेको बताउँछन् ।

फागुन १५ गते ताप्लेजुङमा यस्तै ६ प्लस १ क्षमताको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहति ७ जनाको मृत्यु भएको थियो ।

यस्तै प्राधिकरणले सगरमाथा आधार शिविर क्षेत्रको गोरक्षा हेलिप्याडमा तत्कालका लागि उडान अवतरण रोकेको छ । त्यहाँको मौसमको प्रतिकुलता र दैनिक रुपमा बढ्दो हेलिकोप्टरको चापलाई हेरेर उडान अवतरण रोकिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment