Comments Add Comment

सिद्धार्थ बैंकका एटिएम र पीओएसमा मास्टर कार्ड पनि प्रयोग गर्न मिल्ने

२४ फागुन, काठमाडाैं । सिद्धार्थ बैंकका कुनै पनि एटिएम तथा पीएसओ मेसिनमा मास्टर कार्ड नेटवर्कका मास्टर कार्ड, मेस्ट्रो, सिरस कार्ड प्रयोग गर्न सकिने भएको छ ।

बैंक विश्वव्यापी पहिचान भएको मास्टर कार्ड नेटवर्कको प्रमुख सदस्यको रुपमा आवद्ध भएसँगै यो सुविधा ल्याइएको बैंकले जनाएको छ । बैंकले आगामी दिनमा मास्टर कार्डलाई डेविट तथा क्रेडिट कार्डमा पनि जारी गर्ने जनाएको छ ।

बैंकले इन्टरनेटबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ । जसले ग्राहकलाई थप सुविधा पुग्ने बैंकको दाबी छ ।

बैंकका देशभर १४३ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५१ एटिएम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment