Comments Add Comment

साझा यातायातमा ‘स्मार्ट ट्राभल कार्ड’

२५ फागुन, काठमाडौं । साझा यातायातले आफ्ना बसमा ‘स्मार्ट ट्राभल कार्ड’ को प्रयोग पुनः थाल्ने भएको छ । पहिले ल्याइएको कार्डले राम्रो काम नगरेपछि त्यसमा सुधार गरेर साझाले फेरि कार्डको प्रयोग सुरु गर्न लागेको हो ।

हाल १० बसमा यसको परीक्षण भइरहेको साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले जानकारी दिए ।

बसमा स्मार्ट कार्डबाट भाडा भुक्तानी लिने मेसिन अब कन्डक्टरसँगै हुनेछ । प्रविधिलाई अपग्रेड गरेर कार्डबाटै भुक्तानीको सेवा सुरू अन्तिम तयारी भइरहेको तुलाधरले बताए ।

‘अब सर्वसाधारण यात्रुले स्मार्ट कार्डबाटै भाडा तिर्न सक्ने गरी स्तरीय तवरबाट सेवा दिनेछौं’ तुलाधरले भने । यसअघि बसका ढोकामा स्मार्ट कार्डको डिभाइस राखिएको थियो, तर नेपाली यात्रुको प्रवृत्तिअनुसार त्यो व्यवहारिक भएन । त्यसैले अब कार्ड घोट्ने डिभाइस कन्डक्टरसँगै रहनेछ ।

बसमा नियमित यात्रा गर्ने सर्वसधारणले स्मार्टकार्ड किन्न पाउने छन् । यसको प्रयोग स्वेच्छिक हुनेछ । क्रमैसँग सबै रुटमा चल्ने बसमा यो सेवा सुरुवात गर्ने साझाको योजना छ ।

के हो ट्राभल कार्ड ?

स्मार्ट ट्राभल कार्ड गाडी भाडा भुक्तानीमा प्रयोग हुने कार्ड हो । यो कार्ड साझा यातायातको आफ्नै कार्यलय र कन्डक्टरबाट किन्न सकिनेछ । कार्ड २ सय रुपैयाँको हुनेछ । २०० रुपैयाँ बराबर साझाको सेवा लिएपछि यसमा ब्यालेन्स सकिनेछ ।

काटिएको रकम बैंकमा रहेको साझा यातायातको बैंक खातामा जम्मा हुनेछ । केही समयपछि उपभोक्ताले साझाका रिचार्ज कार्ड मोबाइलको जस्तैगरी बजारमा किन्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment