Comments Add Comment

सिन्धुपाल्चोकको लामाचौरमा प्याराग्लाइडिङ सुरु

२५ फागुन, सिन्धुपाल्चोक । आन्तरिक र बाह्य पर्यटकहरुलाई आकषिर्त गर्न उद्देश्यले सिन्धुपाल्चोक सदरमुकाम नजिकैबाट प्याराग्लाइडिङ खेल सञ्चालन भएको छ ।

साहसिक र रोमाञ्चकारी खेलको रुपमा परिचित प्याराग्लाइडिङ चौतारा साँगाचोकगगढी नगरपालिका-९ लामाचौरबाट शुभारम्भ गरिएको थियो । स्थानीयको सक्रियतामा व्यावसायीक रुपमा नै प्याराग्लाइडिङको सुरुवात गरिएको हो ।

राजधानी नजिकै रहेको सिन्धुपाल्चोकको भोटेचौरमा यसअघिदेखि नै प्याराग्लाइडिङ सुरुआत गरिएको थियो । लामाचौरमा जिल्लाकै दोस्रो स्थानबाट प्याराग्लाइडिङ सुरु गरिएको हो ।

कदमबास लामाचौरका स्थानीयको सक्रियतामा लामाचौर प्याराग्लाइडिङ तथा हृयाङग्लाइडिङ संघ गठन गरेर प्याराग्लाइडिङको शनिबारदेखि औपचारिक रुपमा सुरु गरिएको संघका सचिव मिलन तामाङले जानकारी दिए । अब उद्घाटनसँगै सर्वसाधरण र अन्य पर्यटकहरुको लाई लामाचौरमा ल्याएर प्याराग्लाइडिङ खेलमा सहभागी गराइने तामाङले जानकारी दिए ।

स्थानीयबासीसँग प्याराग्लाइडिङ सञ्चालनका लागि २ हजारदेखि ५० हजार सम्म चन्दा संकलन गरिएको थियो । सबैको सहयोगमा यो कार्य सम्भवन भयो,अब नियमित रुपमा खेल सञ्चालन हुने तामाङले जानकारी दिए ।

स्थानीयको पर्यटन विकासमा सक्रियता देखाएपछि स्थानीय सरकार चौतारा साँगाचोकगढी नगरपालिकाले पनि स्थानीयलाई यसका लागि सबै सहयोग गर्नै मेयर अमान सिं तामाङले प्रतिबद्धता व्यक्त गरेका थिए ।

पाइलट रोशन बस्नेतले हिमाली दृष्य,पहाडी भूभाग, नदीनालाले गर्दा पनि यहाँको प्याराग्लायडिङ खेल झनै रोचक अनुभव गरेको बताए । ‘टेक अप’ राम्रो छ, ल्याण्डिङमा केही समस्या देखियो, ल्यान्डिङ गर्नै स्थानको रुख-विरुवा काटेर पुर्वाधार निर्माण गर्न सके राम्रो सम्भावना छ,’ पाइलट बस्नेतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment