Comments Add Comment

अमिताभसँग साहरुखले मागे जागिर

अहिले बलिउड चलचित्र ‘बदला’ले हलमा राम्रो व्यापार गरिरहेको छ । समिक्षात्मक रुपमा पनि यो चलचित्रले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । संजय घोस निर्देशित यो चलचित्रमा अभिताभ बच्चन र ताप्सी पन्नुको मुख्य भूमिका छ ।

चलचित्रले राम्रो व्यापार गरेसँगै निर्माण युनिट दंग छ । यस्तैमा, अभिताभ बच्चनले एक ट्विट गरेका छन् । ट्विटमा उनले लेखेका छन्–‘यो नोकरी त राम्रो सँग पुरा गरे । अबको नोकरी कता मिल्ने होला ? यहि प्रश्नले ५० वर्षदेखि पेलिरहेको छ ।’ यसको मतलब थियो, यो चलचित्रका अभिताभ अरुको लगानीमा काम गरिरहेका थिए । तोकिएको पारिश्रमिक लिएर उनले पूर्ण चलचित्रमा काम गरे ।

उनले चलचित्रको प्रचारको समयमा पनि आफू कामदार भएको बताएका थिए । अभिताभको उक्त ट्विटमा पहिलोे प्रतिक्रिया साहरुख खानले दिएका छन् । उनले लेखेका छन्–‘सर तपाइले कतै नोकरी पाउनु भयो भने मलाई पनि रिकमेन्ड गरिदिनु होला हो ।’ ‘बदला’लाई साहरुख खानले निर्माण गरेका हुन् ।

अभिताभको ट्विटमा ताप्सीले पनि प्रतिक्रिया जनाएकी छिन् । उनले लेखेकी छिन्–‘तपाईहरु दुबैले मलाई एउटै फ्रेममा लिन सक्नुहुन्छ नि । मैले पनि त राम्रो काम गरेको छु नि हैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment