Comments Add Comment

म्यानचेष्टर सिटीमाथि लिभरपुलको दबाव कायमै

२६ फागुन, काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई हराएको छ र लिग लिडर म्यानचेष्टर सिटीमाथि दबाव कायमै राखेको छ ।

आइतबार भएको खेलमा लिभरपुलले बर्नलीलाई ४–२ गोल अन्तरले हराएको हो ।

एन्फिल्डमा भएको खेलमा अग्रता भने बर्नलीले लिएको थियो । छैटौं मिनेटमा वेष्टवुडले भ्रमणकारी टोलीलाई अग्रता दिलाए । तर, १९ औं मिनेटमा रोबर्टो फिर्मिनोले बराबरी गोल फर्काए । २९ औं मिनेटमा साडिओ मानेले गोल गरेपछि पहिलो हाफमा लिभरपुल २–१ को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा लिभरपुल नै हावी भयो । ६७ औं मिनेटमा फिर्मिनाले दोस्रो गोल गरे । तर, इन्जुरी टाइममा दुबै टिमले एकएक गोल गरे । बर्नलीका गुडमुनसनले गोल गर्दा लिभरुपलका मानले गोल गर्दै टिमलाई ४–२ को जित दिलाए ।

जितपछि लिभरपुलको ३० खेलबाट ७३ अंक भएको छ भने समान खेल खेलेको सिटीको ७४ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment