Comments Add Comment

सहमतिपछि सिके राउतको गतिविधिले शंका उब्जायो : बाबुराम भट्टराई

२७ फागुन, सप्तरी । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्वतन्त्र मधेश गठबन्धनले आइतबार जनकपुरमा गरेको गतिविधिले सरकारसँग गरेको सहमतिप्रति शंका उब्जाएको बताएका छन् ।

सोमबार सप्तरीको राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आइतबार जनकपुरमा सिके राउतका समर्थकको गतिविधिले सरकारसँग भएको ११ बुँदे सहमतिप्रति नै आशंका उब्जाएको बताए ।

‘स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई सहमतिमा ल्याएर नेपालको राष्ट्रिय अखण्डतालाई स्वीकार गर्न र यही संविधान अन्तर्गत रहेर संशोधन गरी समस्या समाधान गर्न लगाइएको हो भने ठीक छ’ भट्टराईले भने, ‘तर सहमतिपछि जनकपुरमा राउतको संगठनले गरेको गतिविधिले शंका गर्ने ठाउँ प्रशस्तै दिएको छ ।’

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमतिको दोस्रो बुँदामा उल्लेख गरिएको ल्लेख गरिएको ‘जनअभिमतमा आधारित लोकतान्त्रिक प्रक्रिया’ भन्ने शब्दलाई सरकार र गठबन्धनले आआफ्नो ब्याख्या गरेकाले सरकारले प्रष्ट पार्नुपर्ने भट्टराईले बताए । ‘लोकतन्त्र भनिसकेपछि जनअभिमतमा आधारित भन्नैपर्दैन’ भट्टराईले दृष्टान्त दिए, “बरफ त चिसो हुन्छ, बरफलाई चिसो र तातो भनेर हुन्छ । लोकतन्त्र पनि जनमतमै आधारितै कुरा हो नि ।’

सरकारले सिके राउतसँग हतारमा सहमति गर्नु र उक्त सहमतिको दुबै पक्षले आआफ्नै ब्याख्या गर्नुले नयाँ द्वन्द्वको सिर्जना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment