Comments Add Comment

डीएभी विद्यालयको किन्डरगार्टेनमा बढ्दो आकर्षण

२७ फागुन, काठमाडौं । ललितपुर जाउलाखेलस्थित दयानन्द एङ्गलोबैदिक (डीएभी) विद्यालयको किन्डरगार्टेन तहमा केही वर्षयता अविभावकहरूको आकर्षण निकै बढेको छ । किन्डरगार्टेन तहको छुट्टै प्ले स्टेसन, ए.सी. सुविधायुक्त स्लिपिङ रुम र फुटसल ग्राउन्ड आदि मुख्य आकर्ष्ाणको रूपमा रहेका छन् ।

किन्डरगार्टेन तहको संयोजक शान्ति गुरुङ्गका अनुसार अविभावकहरूले विशेष रूपमा सुविधाहरू हेरेर आफ्ना बालबालिकाहरूलाई यस विद्यालयमा भर्ना गरिरहेको अनुभव सुनाइन् । त्यसो त डीएभी विद्यालयले आफूलाई संस्कारमा आधारित शिक्षा-दीक्षाको लागि उत्तम गन्तव्यको रूपमा चिनाएको छ ।

हाल किन्डरगार्टेन तहमा मध्यमार्गी शिक्षण विधि अपनाइएको छ । यस विधिमा मन्टेश्वरी टिचिङ्ग र परम्परागत शिक्षण विधिहरू अपनाइन्छ । विद्यालयले स-साना बालबालिकाहरूका लागि स्वस्थ शाकाहारी खाना उपलब्ध गराइरहेको छ ।

राजधानीका लगभग सबै स्थानहरूमा यातायात सुविधा सञ्चालन भइरहेको छ । यथेष्ट खेल मैदानहरू अनुभवी नर्सहरूद्वारा संचालित स्वास्थ्य सेवा, भिडियो शोको लागि अल्ट्रामोडर्न हलहरू र बालबालिकामैत्री कक्षाकोठाहरू अविभावकका लागि थप आकर्षण रहेका छन् ।

उद्योगपति अनिल केडियाद्धारा संचालित डी.ए.भी.विद्यालयले यही वर्ष २६ औँ वाषिर्कोत्सव भव्यताको साथ सम्पन्न गरेको थियो । विद्यालयका अध्यक्ष समेत रहनुभएका अनिल केडिया र विद्यालयकी प्राचार्य भुवनेश्वरी राव पछिल्लो चरणमा किन्डरगार्टेन तहको शिक्षाको स्तरोन्तिका लागि निकै सक्रिय रहेका छन् ।

किन्डरगार्टेन तहले नै समग्र शिक्षाको कार्यदिशा तय गर्ने भएकाले किन्डरगार्टेन तहको गुणस्तरीयताप्रति विशेष रूपमा सङ्कल्पित रहादै, पूर्वाधार विस्तार र अन्य व्यवस्थापनमा निकै सवि|mय रहेको विद्यालयका अध्यक्ष अनिल केडियाले बताए ।

‘पारिवारिक माया र ममताका साथ विद्यार्थीहरूलाई शिक्षा र दीक्षा उपलब्ध गराउन किन्डरगार्टेन तहका शिक्षकहरू लागि परेका छन् । उनीहरुको किन्डरगार्टेन शिक्षणमै विशिष्ट अनुभव छ’, प्राचार्य रावले भने ।

अनुभवी तथा अत्याधुनिक तालिम प्राप्त शिक्षिकाहरू र स्टाफहरू डीएभी किन्डरगार्टेनको थप विशेषता हो । अभिभावकको आकाङ्क्षालाई शिरोधार्य गर्दै अहिले प्लेग्रुपमा दुई वर्षभन्दा माथि, नर्सरीको लागि ३ वर्षभन्दा माथि, एल केजीको लागि ४ वर्षभन्दा माथि र यू केजीको मा ५ वर्षभन्दा माथिका बालबालिकाहरूले शिक्षा दीक्षा लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment