Comments Add Comment

गुल्मीमा १०१ वर्षमा बृद्धालाई नागरिकता

२७ फागुन, गुल्मी । गुल्मीमा १ सय १ वर्षकी वृद्धाले नागरिकता पाएकी छन् । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरमा कालिगण्डकी गाउँपालिका ६ खड्गकोटकी १०१ वर्षीया पविकला थापाले नागरिकता पाएकी हुन् ।

प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयका अनुसार विकट ठाउँ र गरिबी र सदरमुकामसम्म ल्याइदिने कोही आफन्त नहुँदा वृद्धा नागरिकता विहीन बसेकी हुन् ।

नागरिकता नपाएको कारण बृद्धाभत्ताबाट समेत वञ्चित भएपछि कालिगण्डकी गाउँपालिका प्रमुख बेद मगरले मानिसहरु घरमै पठाएर नागरिकता पाउने स्थानसम्म ल्याएर वृद्धालाई नागरिता प्रदान गरिएको हो ।

सरकारी निकायको पहुँचबाट टाढा मानिने गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाटमा सञ्चालन गरिएको थियो ।
एकीकृत घुम्ती शिविरमा विभिन्न ७ वटा सार्वजनिक निकायको सहभागिता रहेको थियो ।

घुम्ती सेवामा ५ सय ३५ जनाले नागरिकता लिएका थिए । जसमध्ये ३ सय १६ जना महिला र २ सय १९ जना पुरुषले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment