Comments Add Comment

सलमानको फेमेली भोजमा जब कपिल शर्मा र सुनिल ग्रोबर पुगे

कपिल शर्मा र सुनिल ग्रोबरले आपसी मौनता तोडेको धेरै भएको छैन । यसबीचमा उनीहरु एकसाथ कुनै सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । ‘दबंग ब्वाई’ सलमान खानको फेमेली भोजमा भने दुबै पाहुना बने ।

अनुमान के गरिन्थ्यो भने, अब कपिल र सुनिल कहिल्यै एक हुने छैनन् । वा एउटै मञ्चमा उनीहरु एकसाथ उभिने छ्रैनन् । ‘द कपिल शर्मा शो’ लोकपि्रयताको उत्कर्षमा पुगिरहेको बेला उनीहरुबीच विवाद भयो । विवाद मात्र होइन, झगडा नै भयो । एक कार्यक्रम गरेर र्फकने क्रममा हवाई यात्रामै उनीहरुको खटपट भएको थियो ।

त्यसबेला कपिलले सुनिलमाथि दूव्र्यवहार गरेको खबर फैलिएको थियो । सुरुमा सामसुम जस्तै भएको उक्त प्रसंगले विस्तारै उग्र रुप लिदै गयो । र, कतिसम्म भयो भने, बलिउड सेलिब्रेटीले समेत सर्वाधिक हेर्ने कपिल शर्मा शो ठप्प भयो ।

एउटा लोकपि्रय टेलिभिजन शो एकाएक यति फितलो र कमजोर भयो कि, अन्तत त्यसको प्रसारण पूर्ण बन्द गर्नुपर्‍यो । हवाई यात्रामा गरेको गल्तीको ठूलो मूल्य चुकाउनुपर्‍यो, खासगरी कपिलले । किनभने त्यसबेला उनीको फिल्म पनि प्रदर्शनको मुखमा थियो । जतिबेला उनी फिल्म पि्रमियरमा थिए, त्यसबेला उनको निम्तालु कोही भएनन् । कतिसम्म भने, निर्देशक तथा कोरियोग्राफर फराह खानले त कपिलको निम्तोलाई उपेक्षा गर्दै गाली समेत गरिन् ।

फिल्म नराम्ररी फल्प भयो । त्यसपछि कपिल डिप्रेसनमा फसे । उनी अनेक झै-झमेलामा परे ।

भनिन्छ नि, भाई फुटे, गवार लुटे । कपिल र सुनिलको यो फुटले उनीहरु दुबैको करियरलाई ध्वस्त बनाइदियो । उनीहरुको चमक एकाकर फिका बनाइदियो ।

तर, राजनीतिमा जस्तै कलाकारितामा पनि कोही स्थायी सत्रु हुँदैन रहेछ । कपिल र सुनिल अहिले एक हुने छाँट छ । उनीहरुको मिलन भने सलमान खानले गराइदिएको चर्चा छ ।

यसैबीच सलमान खानको फेमेली पार्टीमा उनीहरु एकसाथ पुगे । अवसर थियो, सोहेल खान पत्नी सीमा खानकी बर्थडे पार्टी । सोहेल सलमानका कान्छो भाई हुन् ।

यस पार्टीमा निकै व्यस्त सेड्युलको बाबजुत सलमान खान यूलिया वन्तुरलाई लिएर पुगेका थिए ।  पार्टीको सबैभन्दा खास पाहुना चाहि सुलिन ग्रोबर र कपिल शर्मा भए । उनीहरु लामो विवादपछि पहिलो पटक यसरी एकसाथ कुनै सार्वजनिक स्थानमा उपस्थित भएका हुन् ।

सलमान खानकै पहलमा उनीहरु मिल्दैछन् । र, चर्चा के छ भने अब सुनिलले चाडै कपिल शर्मा शोमा पाइला टेक्दैछन् । यो चर्चा केही समययता निकै चलेपनि अहिलेसम्म उनी कपिल शर्मा शोमा देखिएका छैनन् ।

त्यसो त कपिल शर्मा र सुनिल ग्रोवरको करियरको कमान्ड अब सलमान खानको हातमा छ । एक हिसाबले सलमान खान कपिल शर्मा शोको प्रोड्युसर हुन् । त्यसैगरी सलमान खानको फिल्म ‘भारत’मा सुनिल ग्रोवर अहंम भूमिका निर्वाह गर्दैछन् । यस्तो अवस्थामा सलमानसँग दुश्मनी मोल्नु वा दुरी बढाउनु फाइदाको कुरा होइन । सायद यही कारण अब उनीहरु पुरानो विवादलाई छाडेर एक हुनेछन् । सलमानको फेमेली पार्टीमा उनीहरुको उपस्थिती पनि अर्थपूर्ण हुनसक्छ ।

यता सोहेल खानकी पत्नी सीमाको बर्थ डे पार्टी अर्थात भाई बुहारीको पार्टीमा अरबाज खान आफ्ना गर्लफ्रेन्डसँग पुगेका थिए । केही बर्षअघि उनले मलाईका अरोरासँग सम्बन्ध विच्छेद गरेका हुन् । मलाईका अहिले अर्जुन कपुरसँग नजिकिएको बताइन्छ ।

अरबाजले हालै गर्लफ्रेन्ड जर्जियासँगको रिलेशनबारे खुलेर बताएका थिए । उनले भनेका थिए, ‘उनी एक शानदार पार्टनर हुन् । मलाई खुसी लाग्छ कि, मलाई पोजेटिभ राख्नमा उनले धेरै मद्दत गरेकी छिन् । उनले मलाई जिन्दगीमा अगाडि बढ्नका लागि प्रेरित गरेकी छिन् ।’

यद्यपी मलाईकासँग सम्बन्ध विच्छेद गरेपछि अरबाज उनको परिवारसँग उत्तिकै सुमधुर सम्बन्ध स्थापित गरिरहेका छन् । मलाईकाकी बहिनी अमृता अरोरासँग अरबाजको खास दोस्ती छ । उक्त पार्टीमा अमृता पनि आफ्ना पतिका साथ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment