Comments Add Comment

मैले सलमान खानको सबैकुरा सहेकी छुः ऐश्वर्य राय

यस्तो थियो ऐश्वर्यको विस्फोटक अन्तरवार्ता

बलिउडका सबैभन्दा लोभलाग्दो जोडी मानिन्थ्यो, ऐश्वर्य राय र सलमान खानलाई । रुपरंगको कोणले होस् वा ‘नेम र फेम’को, दुबै पर्फेक्ट थिए । उनीहरुको प्रेम र रोमान्सले बलिउडलाई रोमान्टिक बनाइरह्यो ।

तर, समय बद्लियो । ऐश्वर्यले अभिषेक बच्चनलाई आफ्नो जीवनसाथी बनाइन् । उनीहरुको एक छोरी पनि छिन्, आराध्य । भनौं, ऐश्वर्य राय बच्चन कसैकी श्रीमती र कसैकी आमा भइसकेकी छिन् । ऐश्वर्य अब सलमानकी रहिनन् ।

कुनैबेला एकक्षण छुट्न नचाहने यो जोडी अहिले आमने-सामने हुन पनि असहज मान्छन् । बलिउड इभेन्टमा संयोगवस् उनीहरुको एकै थलोमा उभिन पुग्छन्, तर वातचित हुँदैन । हेराहेर पनि ।

सलमानको प्रेम-जीवनमा पनि कहाँ उस्तै रहन्छ र ? यसबीचमा धेरै उतारचढाव आयो । ऐश्वर्यसँग फाटो आएपछि उनले क्याटरिना कैफदेखि युलिया वन्तुरसम्मलाई आफ्नो प्रेमिल अंगालोमा बाँधिसके । अहिले उनी युलियासँगै रोमान्स गरिहेका छन् ।

फरक के छ भने, सलमान अझै वैंशालु प्रेममा रमाइरहेका छन् । ऐश्वर्य राय दाम्पत्य सुख-भोग गरिरहेका छन् ।

भनौं, उनीहरु आ-आफ्नै दुनियामा मग्न छन् । यद्यपी विगतका प्रेम प्रसंग कोट्याएर उनीहरुलाई चर्चा एवं विवादमा ल्याउने काम भने भइरहन्छ । यसपाली चाहि उनीहरुको चर्चाको कारण बनेको छ, संजय लीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम-२’ ।

सन् १९९९ मा प्रदर्शनमा आएको यो फिल्ममा सलमान खान र ऐश्वर्य रायले अभिनय गरेका थिए । अहिले सोही फिल्मको दोस्रो भाग बन्ने तयारी छ र त्यसमा पुन सलमान-ऐश्वर्य दोहोरिने हल्ला चलेको छ ।

सलमान त यस फिल्ममा देखिने भएका छन् नै तर ऐश्वर्य ?

यस फिल्ममा ऐश्वर्य पनि जोडिने कुरा भने वाहिरी हल्ला मात्र भएको बुझिन्छ । यसमा एउटै कारण हो, सलमान र ऐश्वर्यको दुःखलाग्दो विगत ।

ऐश्वर्यले सलमानसँग प्रेम गरिरहँदा सुखभोगभन्दा बढी पीडावोध गरेको बताएकी छिन् । केही समयअघि दिएको एक अन्र्तवार्तामा उनले भनेकी छिन्, ‘सलमानले मसँग झगडा गर्थे, कुटपिट गर्थे । र, अर्कोदिन उनी सेटमा यसरी आउँथे, मानौ अघिल्लो दिन केही भएकै छैन ।’

यसैगरी एकपटक उनीहरु रिलेशनसिपमै भएको बेला ऐश्वर्य कालो चस्मा लगाएर गइन् । तब सबैले के अनुमान गरे भने ऐश्वर्यलाई फेरी सलमानले कुटपिट गरे र घाउको दाग लुकाउन उनले चस्मा लगाएकी हुन् । यसैबीच ऐश्वर्यले सलमानलाई लिएर एक विस्फोटक अन्र्तवार्ता दिएकी थिइन् । यो अन्र्तवार्ता त्यही बेला दिएक थिइन्, सलमान हिट एन्ड रन केसको दुई दिनअघि ।

उक्त अन्र्तवार्तामा के भनेकी थिइन् त ऐश्वर्यले ?

रात दुई बजे आएका थिए सलमान

ऐशले सलमानको कुनै फोनको जवाफ दिइरहेकी थिइनन् । यस्तोमा सलमान राती २ बजे आए र ऐशको अपार्टमेन्टको ढोका ढकढक्याउन थाले । ऐश्वर्यले ढोका खोलिनन् । तब सलमानले त्यहाँबाट हाम फाल्ने धम्की दिए ।

ढोका पिटिरहे

ऐशले सलमानलाई कुनै जवाफ दिएनन् तब सलमानले ढोका हिर्काइरहे । उनले ढोका त्यसबेलासम्म हिर्काइरहे, तबसम्म उनको हातबाट रगत निस्किएन । अन्ततः ऐश बाध्य भइन् र ढोका खोलिन् । भोलिपल्ट ऐश्वर्यले सलमानको विरुद्ध उजुरी दिइन् ।

२१ बर्षमा परिवारबाट टाढा

ऐशले भनेकी छिन् कि उनले सलमानका लागि सबैकुरा गरिन् । उनी केवल २१ बर्षकी थिइन् तैपनि सलमानका खातिर उनले परिवार छाडेर एक्लै अपार्टमेन्ट लिएर बसिन् ।

सोमीको कारण झगडा

ऐशका अनुसार सलमान र उनको झगडा सोमी अलीलाई लिएर भएको थियो । ऐशलाई कुनै जानकारी नदिइ सलमानले सोमीलाई सहयोग गर्न अमेरिका गए । उनका पिता बिरामी थिए र उनलाई सहयोगको जरुरी थियो ।

धोका दिएको स्विकारोक्ती

ऐशले भनेकी छिन् कि, सलमानले नै आफुले धोका दिएको स्विकार गरे । उनी अरु कसैसँग रोमान्स गरिरहेका थिए । यसपछि ऐशले उनलाई छाड्ने निर्णय गरिन् ।

आफुले सतप्रतिशत दिएको

ऐशले उनीहरुको रिलेशनसिपमा आफ्नोतर्फबाट सत्प्रतिशत दिएको बताएकी छिन् । ऐश सलमानको परिवारसँग नजिकिइन् । तर, बदलामा उनलाई धोकेबाज भनियो र उनको हरेक को-स्टारसँग उनको नाम जोडियो ।

सबैकुरा सहेकी थिए

ऐशले दावी गरेकी छिन्, उनले आफ्नो सम्बन्ध बचाउनका लागि सबैकुरा सहेकी थिइन् । सलमानको रिस, चिच्याहट, मारपिट, आरोप । जबकी उनी स्वयम् ऐशलाई धोका दिइरहेका थिए ।

मैले आफ्नो इज्वत बचाएँ

ऐशले सलमानको फोन रिसिभ गर्न छाडेकी थिइन् । यद्यपी सलमान मान्दैनथे । उनी ऐशको सेटमा आउथे र तमासा देखाउथे । साथै ऐशलाई अरुसँग अफेयर रहेको आरोप लगाउथे । ऐशले भनेकी छिन्, ‘मैले उनीबाट आफ्नो इज्वत बचाउन उपयुक्त ठानें ।’

करियर दाउमा

ऐशले बताएका थिए कि सलमानको कारण उनको करियर दाउमा थियो । उनलाई फिल्मबाट निकालिन्थ्यो र उनलाई अनप्रोफेशनल भनिन्थ्यो । निर्माताहरुले उनलाई फिल्मबाट हटाउन थालिसकेका थिए ।

यस अन्र्तवार्तामा ऐशले भनेकी छिन् कि सलमानलाई उनले सम्झाउनका लागि हर प्रयास गरेकी थिइन् । तर, सलमानको बानी उस्तै थियो ।

ऐश्वर्यको यो अन्र्तवार्ता आएको ठिक दोस्रो दिनमा सलमानले मादक पदार्थ सेवन गरी कार चलाउँदा सडकमा सुतिरहेका एक व्यक्तिको ज्यान गएको थियो, चार जना घाइते भएक थिए । अहिलेपनि उनलाई त्यही दुर्घटनाले सताइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment