Comments Add Comment

बरुण बने रणवीर र दीपिकाको ‘एडप्टेड छोरा’

बलिउडको सुन्दर जोडीका रुपमा परिचित छन्, रणवीर सिंह र दीपिका पादुकोण । राम्रो अभिनय क्षमता भएका यी दुईको माया गर्ने तरिका पनि निकै राम्रो छ । उनीहरुलाई आफ्नो आइडल जोडी मान्नेहरु पनि धेरै छन् । दुबै जना एक-अर्कालाई खुबै ध्यान दिन्छन् ।

यस्तैमा, उनीहरु एकसाथ लण्डन एयरपोर्टमा भेटिएका छन् । आफ्नो खाली समय बिताउन लण्डन पुगेका यस जोडीको भेट बलिउडका अर्का स्टार बरुण धवनसँग भएको छ । एअरपोर्टबाट गाडीमा कतै जादैँ गर्दा बरुणले खिचेको एक भिडियो अहिले सामाजिक संजालमा भइरल भइरहेको छ । उक्त भिडियोमा बरुणले रणवीर र दीपिकालाई आफ्नो एडप्टेड बुबा आमा भएको बोलेका छन् ।

बरुणले त्यहाँ भनेका छन्, ‘रणवीर र दीपिका मेरो एडप्टेड बाबामम्मी हुनुहुन्छ । उहाँहरुले मलाई धेरै ख्याल राख्नुहुन्छ ।’ बरुणको उक्त भनाई सुनेपछि दिपिकाले पनि बरुण आफ्नो छोरा भएको बोलेकी छिन् । उनले भनेकी छिन्, ‘हो, बरुण हाम्रो एडप्टेड छोरा हुन् ।’ भिडियोमा दीपिकाले पनि बरुणलाई आफ्नो छोरालाई जस्तै माया देखाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment