Comments Add Comment

शक्ति गौचनको टिममाथि शंकरनगरको जित

१ चैत, बुटवल । पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनको स्टार क्रिकेट क्लबमाथि शंकरनगर क्रिकेट क्लब शंकरनगरले फराकिलो जित निकालेको छ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशाला भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’ को समूह बीको खेलमा शंकरनगरले स्टारमाथि ८ विकेटको फराकिलो जित निकालेको हो ।

जितका लागि स्टारबाट पाएको १ सय ४० रनको लक्ष्य शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ३०.३ ओभरमा २ विकेट गुमाउँदै १ सय ४१ रन बनाई जित निकाल्यो । जसमा सौरभ खनालले नटआउट ६९, सन्दीप सुनारले २६ तथा नरेशचन्द ठकुरीले नटआउट २५ रनको योगदान गरे । बलिङमा स्टारका बाबुराम क्षेत्रीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्टारले ४८ ओभरमा सबै विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । उसका लागि शक्ति गौचनले ३१, अनिल खत्रीले २९, रुपेश बश्यालले ११ रन बनाए ।

बलिङमा शंकरनगरका संदीप सुनार, नितेश थापा, नवीन भट्टराई, तुलबहादुर थापाले समान २/२ तथा रुविन क्षेत्रीले १ विकेट लिए । खेलमा शंकरनगरका शौरभ खनाल म्यान खफ दी म्याच घोषित भए ।

शनिबार समूह एमा रहेका लुम्बिनी खुकुरी क्लब बेलहिया र बुटवल-११ क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने संघमा अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

चैत ९ गतेसम्म चल्ने लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment