Comments Add Comment

मोदीमाथि बनेको फिल्म राजनीतिक हतियार कि प्रेरणाको कथा ? 

अक्सर कुनैपनि क्षेत्रमा सफलताको उत्कर्षमा पुगेपछि मान्छेले आफ्नो विगतको कथा भन्छ, पुस्तकमार्फत । यसलाई ‘आत्मकथा’, ‘आत्मसंस्मरण’ आदि नाममा प्रकाशित गरिन्छ । एक हिसाबले भन्ने हो भने यो उनीहरुको जीवनको एक लिखित दस्तावेज हो ।

हामीकहाँ पनि यस किसिमको प्रवृत्ति व्यापक छ । आत्मकथा लेख्ने र लेखाउने चक्करले सर्वत्र छोएको छ ।

ठिक यसैगरी कुनै व्यक्तिसँग सफलता र संघर्षको घतलाग्दो कथा हुन्छ, त्यसमाथि फिल्म बनाइन्छ । अर्थात बायोपिक । यस्ता वायोपिक अक्सर खेलाडी वा कुनै सामाजिक क्षेत्रबाट उचाई पाएका व्यक्तिमाथि बनाइन्छ ।

अब भने बायोपिक बनाउने यो ह्याङओभर राजनीतिकर्मीमा देखिन थालिएको छ । जस्तो किन भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीमा ।

नरेन्द्र मोदीमाथि फिल्म निर्माण हुँदैछ । यो फिल्ममा मूख्य भूमिका विवेक ओवरायले निर्वाह गर्नेछ । फिल्म आगमी १२ अपि्रलमा सार्वजनिक हुने तय भइसकेको छ । फिल्मको नाम राखिएको छ, पीएम नरेन्द्र मोदी ।

फिल्मको छायांकन गुजरातबाट सुरुवात भएको थियो । अहिले यसको आखिरी भागको छायांकन हुँदैछ, मुम्बईमा । फिल्मका निर्देशक हुन्, उमंग कुमार । उनले भनेका छन्, यो फिल्ममा नरेन्द्र मोदीले गुजरातको मूख्यमन्त्री भएयता प्रधानमन्त्रीको पदका लागि उम्मेदवारी घोषणा गरेसम्म छ । फिल्ममा दर्शन कुमार, बोमन ईरानी, मनोज जोशी, प्रशान्त नारायण, जरीन क्हाब आदिले अभिनय गरेका छन् ।

नरेन्द्र मोदीको राजनीतिक जीवन-चरित्रलाई पर्दामा कति रुचाइन्छ ? त्यो फरक कुरा हो । यद्यपी फिल्मलाई मोदीले राजनीतिक हतियार बनाएको चर्चा पनि चर्को रुपमा उठ्दै आएको छ । फिल्मको माध्यामबाट उनले आफुमाथिको कतिपय खराब छवी सुधार्ने र आफ्नो विचार लाद्ने आरोप पनि लाग्दै आएको छ ।

फिल्म निर्माणपक्षले चाहि यो फिल्म एक नरेन्द्र मोदीको जीवन दर्शनमा केन्दि्रत हुने बताइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment