+

गणेश थापाको सुझाव : अरु मुख्यमन्त्रीले पनि पुरस्कार घोषणा गर्नुपर्छ

२०७५ चैत  ८ गते १३:१३ २०७५ चैत ८ गते १३:१३
गणेश थापाको सुझाव : अरु मुख्यमन्त्रीले पनि पुरस्कार घोषणा गर्नुपर्छ

८ चैत, काठमाडौं । फुटबल गतिविधिबाट टाढा रहे पनि एन्फाका पूर्व अध्यक्ष गणेश थापाको नेपाली फुटबलप्रति चासो कम भएको छैन । उनी नेपाली महिला तथा पुरुष टिमले हासिल गरेका हरेक सफलतामा सामाजिक सञ्जालमार्फत खुशी सेयर गर्ने गर्छन् ।

आज नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसीपको फाइनलमा भारतविरुद्ध भिड्दैछ । यदि भारतलाई हराएर पहिलोपटक उपाधि जितेमा प्रत्येक खेलाडीलाई दुई लाख रुपैयाँ दिने घोषण प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । थापाले यस विषयमा पनि फेसबुकमा आफ्नो धारणा राखेका छन् ।

‘यो घोषणाले महिला राष्ट्रिय खेलाडीहरुको हौसला बड्नेछ यसको लागि मुख्यमन्त्रीजयूलाई हार्दिक बधाई दिन चाहन्छु,’ थापाले लेखेका छन्, ‘यो प्रदेशको टिम नभई नेपाली राष्ट्रिय टिम भएको हुँदा सबै मुख्य मन्त्रीज्यूहरुले पनि खेलाडीको हौसलाको निम्ति यस्तै किसिमको घोषणा गर्नुहुनेछ भन्ने आशा गरेको छु ।’

थापाले आजको फाइनलमा भारतलाई हराएर ऐतिहासिक जितका निम्ति राष्ट्रिय महिला फुटबल टिमलाई शुभकामना दिएका छन् । लामो समय एन्फा अध्यक्ष भएर नेपाली फुटबलको नेतृत्व गरेका थापा अहिले व्यक्तिगत जीवनमै रमाइरहेका छन् ।

यो पनि पढ्नुहोस् : साफ महिला फुटबल : इतिहास रच्न आतुर नेपाली चेली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय