
८ चैत, काठमाडौं । भारतका पूर्वक्रिकेटर गौतम गाम्भीर भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन् ।
लोकसभा चुनावको पूर्वसंध्यामा गाम्भीर भाजपा प्रवेश गरेका हुन् । कार्यक्रममा केन्द्रीय मन्त्री अरुण जेट्ली र रविशंकर प्रसाद समेत उपस्थित थिए । ‘म प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनबाट प्रभावित छु’ उनले भनेका छन् ।
पार्टी प्रवेश गरे लगतै उनले भाजपा अध्यक्ष अमित शाहलाई भेटेको भारतीय सञ्चार मध्यमहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4