+
+
Shares

भन्सार अधिकृतमाथि २ करोड भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ८ गते १५:३७

८ चैत, काठमाडौं । भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकले झण्डै २ करोड भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मानप्रसाद हाल करदाता सेवा कार्यालय पाँचथरमा कर अधिकृत थिए । डेढ वर्ष रोल्पामा राहत शिक्षकको काम गरेका अख्तियारका अनुसार २०६८ असोज ११ मा अधिकृतमा नियुक्त भएका थिए ।

अख्तियारले जाँचबुझ गरेको अवधि मंसिरसम्ममा उनको सम्पत्ति ३ करोड १० लाख ३० हजार ७२४ पाइएको छ । अख्तियारका अनुसार १ करोड २७ लाख ६६ हजार ९४५ रुपैयाँको स्रोत खुलेपनि १ करोड ८२ लाख ६७ हजार ७७९ को खुलेन ।

स्रोत नखुलेको रकम जफत गर्न र भ्रष्टाचार निवारुण ऐनअनुसार कारबाही गर्न माग गर्दै दायर गरेको मुद्दामा अख्तियारले मानबहादुर र उनकी श्रीमती आइतमालीलाई प्रतिवादी बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?