Comments Add Comment

विश्वकै अनौठो होटल, जहाँ ६० हजार सिँढी उक्लिएर ग्राहक पुग्दछन्

आफ्ना ग्राहकलाई नौलो अनुभुति दिलाउनका लागि दुनियामा अनेक खालका होटेल खुलेका छन् । यस्तै एउटा अनौठो होटल चीनमा छ । चीनको येल्लो माउन्टेनमा अवस्थित उक्त होटलमा पुग्नका लागि ६० हजार सिँढी चढ्नु पर्दछ ।

उक्त चारतारे होटलको नाम जेड स्क्रिन होटल हो । पहाडमा १८३० मिटर उचाईमा रहेको उक्त होटलबाट हंगशन पर्वतीय श्रृंखलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । पहाडी क्षेत्रमा १५ सय वर्षभन्दा पनि पूराना सल्लाका रुखहरु छन् ।

होटलसम्म पुग्नका लागि ६० हजार सिँढीको विकल्प पनि छ । त्यो हो केबुल कार ।

होटल निकै भव्य तथा सुविधासम्पन्न छ । त्यहाँ स्पा तथा स्विमिंग पुल समेत छन् ।

होटलमा जानका लागि सिँढी चढ्न नसक्ने मानिसलाई भरियाले बोकेर पूराउने सुविधा पनि छ । पहाडमा खोपेर बनाइएको बाटो र त्यसमा रहेका सिँढीहरु चढ्दा निकै डरको अनुभुति पनि हुनसक्छ ।

होटलमा ६५ वटा सुविधासम्पन्न कोठाहरु रहेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment