+
+

‘रोमियो’को पाश्र्व संगीत चोरिएपछि युटुबबाट साउन्ड नै गायब

एलिस भन्छन्–‘पारिश्रमिक नपाएपछि २ रिलमा यसो गरेँ’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते १२:२५

 

चलचित्र ‘रोमियो’ले हलमा राम्रो व्यापार गरेन । हसनराजा खानको निर्माणमा बनेको यो चलचित्र हलमा चिप्लिएपनि युटुबमा राम्रै प्रतिक्रिया आउने अपेक्षा निर्माताको थियो । तर, चलचित्र हेर्दै जादा दर्शकले धेरै ठाउँमा पाश्र्व संगीत नै भेट्दैनन् । जसले चलचित्रलाई खल्लो बनाइदिएको छ ।

आखिर, पाश्र्व संगीतमा त्यस्तो के समस्या आएको होला ? चलचित्रका निर्माता तथा नायक हसनाराज खानले दुबइबाट एउटा स्टाटस लेख्दै पाश्र्व संगीत दिएका एलिस कार्कीले विभिन्न चलचित्रको म्यूजिकबाट चोरेर यस्तो काम गरेको आरोप लगाएका छन् । उनले, विभिन्न चलचित्रको संगीत चोरेर हालेकाले कपी राइटका कारण पाश्र्व संगीत उडेको हसनको भनाई छ ।

उनले, यसरी अरुको सामाग्री चोरेर राख्दा सिनेमाप्रति नै गद्दारी भएको आरोप एलिसमाथि लगाएका छन् । हसनले लगाएको आरोपमा आफ्नो प्रतिक्रिया दिदै एलिसले भने–‘हो, मैले २ रिल यसो गरेको हुँ । मैले चलचित्रको पारिश्रमिक नै नपाएपछि अन्तिममा यस्तो गर्न वाध्य भएको हुँ ।’ एलिसले अगाडि भने–‘उहाँसँग मेरो ७० हजार लिन बाँकी छ । अन्य प्राविधिकहरुको पनि धेरै पैसा लिन बाँकी छ । बारम्बार पैसा माग्दा उहाँले बरु नराम्रो व्यवहार गर्नुभयो । मैले पारिश्रमिक नै नपाएपछि के गर्ने भनेर यसो गरेको हुँ ।’

एलिसले हसनले आफूलाई पैसा दिन्छु भनेर बोलाएर नराम्रो व्यवहार गरेको समेत आरोप लगाए। निशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर, हसनराजा खान लगायतले अभिनय गरेको चलचित्रले युटुबमा भने राम्रै दर्शक पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?