Comments Add Comment

रत्ननगरका मेयरद्वारा खोलामा छड्के अनुगमन

११, चैत, चितवन । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सोमबार कयर खोलामा छडके अनुगमन गरेका छन् । कयर खोलाबाट ढुंगा र गिट्टीको चोरी निकासी हुन नदिन मेयर वनले छड्के अनुगमन गरेका हुन् ।

रत्ननगर र खैरहनी नगरपालिकाले संयुक्त रुपमा राजश्व संकलन गर्ने गरी चैत ३ गतेदेखि कयर खोलाबाट ढुंगा र गिट्टी निकासी खुल्ला गरिएको छ । यसअघि नगरपालिकाका वडाध्यक्षहरुले नै मिलेर नक्कली बिल बनाएर राजश्व छलि गरेको आरोप नगरपालिका माथि लाग्दै आएको छ ।

विगतमा ढुंगा र गिट्टीको अवैध चोरी निकासी बढेपछि विगतको नियती दोहोरिन नदिन नियमित अनुगमन थालिएको मेयर बनले बनाए । कयर खोला अनुमगन समितिका संयोजक समेत रहेका मेयर वनले ढुंगा र गिट्टी बोक्ने ट्याक्टर र टिपरले राजश्व तिरे–नतिरेको, खोलाको गहिराइ र मापदण्ड अनुसार उत्खनन भए– नभएको बारेमा अनुगमन गरेका थिए ।

अनुमगनमा कयर खोला व्यवस्थापन समन्वय समितिका संयोजक हरिकुमार श्रेष्ठ, वडा नं १ का वडा अध्यक्ष शंकर सिं तामाङ, नगर प्रबक्ता राजेन्द्र हमाल, इन्जिनियर प्रकाशचन्द्र ढुंगानालगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment