Comments Add Comment

कस्तो ‘चलखेल’ गर्दैछिन् प्रियंका ?

चलचित्र ‘भैरे’को निर्माण युनिटले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘चलखेल’मा नायिका प्रियंका कार्की पक्का भएकी छिन् । आइतबार निर्माण युनिट सिनेमाण्डु इन्टरटेन्टमेन्ट र नायिका कार्कीविच लिखित सम्झौता भएको छ ।

म्यूजिक भिडियोमा अत्याधिक व्यस्त रहेकी प्रियंका अहिले चलचित्रमा सुस्ताएकी छिन् । उनको ठूलो पर्दाको क्रेज पनि कमजोर बन्दै गएको विश्लेषण चलचित्र बजारमा हुन थालेको छ । प्रियंकाको जोडी को हुने भन्ने फाइनल भएको छैन ।

कमेडी जनरामा निर्माण हुने यो चलचित्रलाई एभरेष्ट सुर्य बोहराले निर्देशन गर्नेछन् । एभरेष्ट सुर्य बोहराकै कथा तथा लेखन रहने यो चलचित्रका लागि किरण केसी र शिवहरी पौडेलसँग पनि कुरा भइरहेको निर्माण युनिटले बताएको छ । तर, उनीहरुले चलचित्र साइन गरिसकेका छैनन् । निर्माता लेखबहादुर पुनका अनुसार चलचित्रको लगानी २ करोडको हाराहारीमा हुनेछ ।

चलचित्रलाई काठमाडौं, जिरी र मनाङमा खिचिने निर्देशक बोहराले बताए । उनले भने–‘हामीले कमेडी भन्ने बित्तिकै सस्तो कमेडी मात्र नगरेर ब्यङ्ग्यात्मक कमेडी पस्कनेछौ । यो चलचित्र पूर्ण रुपमा दर्शकलाई मनोरञ्जन दिने खालको हुनेछ ।’ चलचित्रको छायांकन जेठमा सुरु गरिने निर्माता पुनले बताए ।

पछिल्लो समय नेपालमा कमेडी चलचित्र निर्माणमा बाढी आएपनि व्यापारिक रुपमा निकै कम मात्र सफल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment