Comments Add Comment

मेरो हेयर स्टाइल र ड्रेसअप कथाकै माग : सलिनमान (भिडियो कुराकानी)

सलिन र सलोनअघि छायामा पर्छु भन्ने डर छैनः मलिका

नायक सलिनमान बनियाँ आफूलाई ‘राइजिङ स्टार’ स्विकार गर्न तयार छैनन् । २ वटा चलचित्रमा काम गरेका सलिन आफू कलाकार मात्र भएको बताउँछन् । चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को प्रमोशनमा व्यस्त सलिन चलचित्रको कथावस्तु शक्तिशाली भएको बताउँछन् ।

चलचित्रमा नव–नायिका मलिका महत्त पनि छिन् । उनी, यो चलचित्रमा आँखा नदेख्ने यूवतीको भूमिकामा छिन् । उनले भनिन्–‘म चलचित्रमा देखिएको जस्तो मानिस नै होइन । तर, यो चलचित्रमा काम गर्नका लागि मलाई कथाले उत्साहित बनायो । मैले जती सिकेँ, त्यही नै गरेँ ।’

सलिनले काम गरेका दुबै चलचित्रमा उनको यात्रा देखाइएको छ । उनी, आफूलाई यति धेरै यात्रा गर्न मन नलागेपनि गर्न परेको बताउँछन् । सलिन दोश्रो चलचित्रमा आइपुग्दासम्म आफूलाई दर्शकको मायाले यो क्षेत्रको नशा लागेको सुनाउँछन् । दर्शकले आफ्नो चलचित्रको प्रतिक्षा गर्न थालेपछि रुची बढेको सलिनको भनाई छ ।

सलिन र मलिकासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

चलचित्र भित्र चलेका कलाकार हुँदा आफूलाई छायामा पर्छु भन्ने डर नभएको मलिकाले सुनाइन् । उनले भनिन्–‘जनताले चिन्नका लागि मैले केही पनि गरेकी छैन । चलचित्र रिलिज भएपछि मलाई पनि दर्शकले नोटिस गर्नुहुन्छ भन्ने आशा छ ।’

चलचित्रमा नायक सलिनमान बनियाँको एक्सनको पनि चर्चा भैरहेको छ । सलिन आफूले पहिलो पटक एक्सन गरेकाले पनि गाह्रो भएको बताउँछन् । दर्शकले फरक किसिमको एक्सन देख्ने उनको भनाई छ । सलिन भन्छन्–‘यात्राले मलाई बदलेको छ । दर्शकको साथले गर्दा म बदलिएको हुँ । यो चलचित्र रिलिज भैसकेपछि केही समय विश्राम लिन सक्छु । तर, अब चलचित्र क्षेत्रबाट टाढा भाग्दिनँ ।’

नायक सलिनमान बनियाँ लामो समयदेखि प्रेममा छन् । प्रेमिका भएको नायकसँग काम गर्दा फरक महशुश नहुने मलिका बताउँछिन् । सुरुमा आफूले सलिनलाई दाई भनेपनि पछि निर्माण टिमले दाई नभन भनेपछि आफूले छाडेको मलिकाले खुलाइन् ।

मलिका आफूलाई ‘यात्रा’ भन्दा पनि अगाडि चलचित्रको अफर आएतापनि यसको कथा मनरेपछि अरु कुरा नसोचेको सुनाउँछिन् । दोश्रो चलचित्रमा आइपुग्दासम्म सलिनमाथि दबाब नै दबाब छ । सलिन आफूले पनि प्रेसर महशुश गरिरहेको बताउँछन् । उनले भने–‘जे काम पनि गर्न त गाह्रो भैहाल्छ । तर, चलचित्र नजुधेको भए राम्रो हुन्थ्यो । मैले राम्रो काम गरेको छु, यसैले चलचित्रप्रति विश्वस्त छु ।’

नायिका मलिका महत्त पहिलो चलचित्र रिलिज हुँदै गर्दा आफूले पनि दबाब महशुश गरिरहेको सुनाउँछन् । उनी भन्छिन्–‘मलाई दर्शकले मेरो कामलाई कसरी हेर्नुहोला भन्ने लागेको छ । अहिले त मलाई खासै धेरैले चिन्नु हुँदैन । सायद, चलचित्र रिलिज भएपछि त्यो महशुश हुन्छ होला ।’

नायक सलिनमान बनियाँको पर्दामा एउटै खालको हेयर स्टाइल र ड्रेसअप भयो भन्ने आलोचना पनि सुनिन्छ । सलिन यो कुरा मान्न तयार छन् । उनले, चलचित्र ‘यात्रा’को कथाको नै माग भएर आफूले पहिरन लगाएको बताए ।
सलिनमानको कपाल आफूलाई मननपर्ने मलिकाको भनाई छ । उनले सलिनलाई सामान्य कपालमै सुहाउने तर्क गरिन् ।

सलिन र मलिका एकै स्वरमा भन्छन्–‘यात्रा राम्रो चलचित्र बनेको छ । दर्शकले हेरेर माया गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment