Comments Add Comment

विप्लव समूहका ५ सय ४० जना पक्राउ

२० चैत, काठमाडौँ ।  नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो ।

वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरुद्धको पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामग्री बरामदसमेत गरेको छ । प्रहरी प्रवक्ता सुवेदीले राज्यविरुद्धको गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताए ।

‘पक्राउ परेकालाई अनुसन्धान गरेर केहीलाई छाडेका छौँ र केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाएका छौँ’, उनले भने । विप्लव समूहले फागुनमा ललितपुरमा गराएको बम विष्फोटबाट एकको मृत्यु भएको थियो भने यसभन्दा पहिले दुईको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment