+
+
Shares

चिकित्सक संघले भन्यो : सरकारी डाक्टरको माग पूरा गर

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १६:५४

२१ चैत, काठमाडौं । नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरुको माग छिटो पूरा गर्न सरकारलाई आग्रह गरेको छ ।

चिकित्सक संघले सरकारको व्यवहारले चिकित्साजस्तो सेवामुखी पेशाप्रति आकर्षण घटाउनुका साथै हालै कार्यरत चिकित्सकको मनोबल घटाउने भएकाले समस्याको समाधान छिटो गर्न माग गरेको छ । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका सरकारी डाक्टरहरुको आन्दोलनमा चिकित्सक संघले साथ दिएको हो ।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यारत चिकित्सकहरुलाई राज्यले मानमर्दन गर्ने, वेवास्था गर्ने कार्य दुर्भाग्य पूर्ण रहेको कुरा नेपाल चिकित्सक संघको ठहर छ’ संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यस्ता कार्यले चिकित्सा सेवा जस्तो सेवामुखी पेसा प्रति आकर्षण घटाउनुका साथै हाल कार्यरत चिकित्सकहरुमा मनोबल घटाउने भएकाले समस्याको यथासिघ्र सम्बोधन गर्न नेपाल चिकित्सक संघले सरकार समक्ष जोरदार अपील गर्दछ ।’

चिकित्सक संघले सरकारी डाक्टरहरुको आन्दोलनमा एक्यवद्धता पनि जाहेर गरेको छ । सरकारी चिकित्सकहरुले निजामति कर्मचारीको समायोजन गर्दा चिकित्सकहरुलाई केन्द्र अन्तर्गत राख्न माग गर्दै आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?