Comments Add Comment

तारकब्रम्ह महायज्ञपछि चतरामा अर्धमहाकुम्भ मेला

२२ चैत, विराटनगर । प्राचीन धार्मिक क्षेत्र सुनसरीको चतरा धामममा अर्ध महाकुम्भ मेला आयोजना गरिने भएको छ । कृष्णदास जी महाराजले तारमब्रम्ह महायज्ञ आयोजना गरेको दुई महिनापछि नेपालका प्रथम जगतगुरु बालसन्तको अगुवाईमा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेलाको आयोजना हुँदैछ ।

शनिवारबाट सुरु हुने मेला एक महिना (२०७६ वैशाख २४ गते) सम्म सञ्चालन हुनेछ । कुम्भमेला व्यवस्थापनको जिम्मेवारीमा रहेको प्रदेश १ सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको बताएको छ । मेलामा नेपाल तथा भारतबाट लाखौं भक्तजन आउने अपेक्षा राखिएको छ ।

प्राचीन हरिद्वारा चतराधाममा एक महिने पिण्डेश्वर अर्ध महाकुम्भ मेलाका लागि धरानको पिण्डेश्वर बाबा धामबाट कलस यात्रा निकालिने छ । कलस यात्राको सुभारम्भ मुख्यमन्त्री शेरधन राईले गर्नेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार महाकुम्भ मेलाको उद्घाटन गर्नेछन् ।

कुम्भ मेलाले नेपालीबीचको आत्मीयता, नेपालीहरुबीच मा धार्मिक सद्भाव राख्ने प्रथम जगतगुरु बालसन्त मोहननशरण देवाचार्यले बताउँदै आएका छन् । दोस्रो कुम्भ मेलाले चतराको महत्व अझ बढेर जाने उनको भनाइ छ ।

बालसन्तकै अगुवाईमा दुई पटक कुम्भमेला आयोजना गरिएको थियो । अघिल्ला दुई पटक नै संघिय सरकारले कुम्भमेलाको संयाजन गरेको थियो । प्रदेश सरकार गठन भएपछि संयोजनको जिम्मेवारी प्रदेशले पाएको हो ।

कुम्भमेलाका लागि प्रदेश सरकरले चतरामा सम्पर्क कार्यालय पनि स्थापना गरेको छ । मेलाका लागि प्रदेश सरकारले ५० लाख समेत सहयोग गरेको छ ।

बिहीबार बसेको प्रदेश १ को मन्त्रिपरिषद बैठकले दोश्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेला व्यबस्थापनका लागि मुल समारोह सहयोग समिति पनि गठन गरेको छ ।

साधुको प्रतिस्पर्धाले धार्मिक पर्यटनको विकास

सुनसरीको चतरामा दुई महिनाअघि श्रीराम तारक ब्रम्ह महायज्ञ आयोजना गरिएको थियो । करिब ७ सय ५ वर्षपछि दोस्रो पटक आयोजना गरिएको महायज्ञ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

गत माघ २६ गते सुरु भएको महायज्ञमा नेपाल भारत तथा तेस्रो मुलुकका पर्यटकहरु सुनसरीको चतरा धामसम्म पुगे । माघ ७ गते सम्म चलेको महायज्ञमा १० लाख हाराहारी भक्तजन सहभागि भएका थिए ।

सोही क्रममा सिद्धबाबा कृष्णदासजी महाराज मुख्य अभियन्ता रहने गरी हरित अभियान पनि शुभारम्भ भएको थियो । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि चतरामा रहेको रामानन्दाचार्य सेवा पिठको योजना अनुसार प्रदेश सरकारले सुरु गरेको अभियान अन्तर्गत वृक्षारोपण, पशुपालनसहित कृषि सुधारका कार्यक्रमहरु सञ्चालन हुने छन् ।

तारक ब्रम्ह महायज्ञको ठीक दुई महिनापछि बालसन्तको अगुवाईमा कुम्भ मेला आयोजना गरिएको हो । कुम्भ मेला प्रत्येक १२ बर्षमा अयोजना हुन्छ । अर्ध कुम्भ मेला भने ६ बर्षमा आयोजना हुन्छ । शनिवारबाट सुरु हुने अर्धमहाकुम्भमेला दोस्रो हो ।

दुई धार्मिक अगुवा चतराका छिमेकी हुन् । तर, बालसन्त र कृष्णदास बीच बोलचाल नभएको बिषय श्रीराम तारक ब्रम्ह महायज्ञ प्रष्ट रुपमा देखियो ।

दशकै सर्वाेच्च पदमा व्यक्ति राष्ट्रपतिको उपस्थीतिमा पृथ्वीमा दोस्रो पटक महायज्ञमा आयोजना हुदा बालसन्त देखिएनन् । शनिवार हुने अर्ध कुम्भमेलामा कृष्णदास जी महाराज सहभागी हुन्छन हुदैनन् हेर्न बाँकी छ ।

ओझेलमा रहेको चतरालाई चिनाउन दुई धार्मिक अगुवाको महत्वपूर्ण योगदान छ । धार्मिक महत्व बोकेपनि भौगोलिक बिकटताका कारण ओझेलमा परेको चतराको भौतिक विकास पनि बालसन्त र कृष्णदासजी कै अगुवाइमा भएको स्थानीय बताउछन् । तर, पछिल्लो समय दुई अभियान्ता बिचको सम्बन्ध चिसिएको ती स्थानीयको भनाइ छ ।

बालसन्त र कृष्णदासले सञ्चालन गरेको अभियानले धार्मिक पर्यटनको विकासमा भने मद्धत पुगेको ती स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment