Comments Add Comment

मधुमल्लामा सार्वजनिक जग्गा मिचेर बनाइएका ३०० टहरा प्रहरीले हटायो

२३ चैत, विराटनगर । मोरङको उत्तरी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिका–९, मधुमल्लामा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा प्रहरीले हटाएको छ ।

मावा खोला नदी किनारमा रहेको उकास जमिनमा रातारात बनाइएको ३०० टहरा प्रहरीले भत्काएको हो ।

केही दिनअघि कोशी टप्पु क्षेत्रको सरकारी जग्गामा यसैगरी रातारात टहरा बनाएको पाएपछि प्रहरीले भत्काएको थियो । कोशी टप्पुकै घटनासँग मिल्दो जुल्दो गरी मिक्लाजुङमा पनि रातारात अस्थायी टहरा बनाएर बसेको पाइएको हो ।

एकसातायता सार्वजनिक जग्गा छेकेर बनाइएका करिब ३ सय टहरा शुक्रबार दिनभर लगाएर भत्काएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

सुकुम्बासीका नाममा अनाधिकृत रुपमा टहरा बनाएको पाइएपछि हटाएको मिल्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार टहरा निर्माण गर्नेहरुले बिरुवा पनि नष्ट गरिदिएका छन् ।

टहरा इलाम, पाँचथर, ताप्लेजुङदेखिका व्यक्तिहरु आएर निर्माण गरेका हुन् । मधुमल्ला र दमकबाट आएकाहरुले पनि जग्गा ओगटेका थिए । सार्वजनिक जग्गा हड्पनेहरुमा अधिकांश घर जग्गा भएकै व्यक्तिहरु थिए । ठूलो संख्यामा टहरा हटाए पनि कसले बसाएको भन्ने केही खुलेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment