Comments Add Comment

एफए कपको उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोर्ड भिड्ने

२५ चैत, काठमाडौं । एफए कप फुटबलको उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोर्डबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार राति भएको सेमिफाइनलमा वुल्भ्सलाई ३-२ गोल अन्तरले पराजित गर्दै वाटफोर्डले उपाधिका लागि म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको हो । वाटफोर्डका लागि जेर्राड डेउलोफेउले दुई र ट्रोए डेनीले एक गोल गरे । यता, वुल्भ्सका म्याट डोहेर्टी र राहुल जेमिनेजले गोल फर्काएका थिए ।

निर्धारित समयसम्म दुबै टिमले २-२ गोलको बराबरी खेलेपछि अतिरिक्त समय थप गरिएको थियो । खेलको १०४ औं मिनेटमा डेउलोफेउले गोल गर्दै वाटफोर्डलाई फाइनलमा पुर्‍याए ।

यसअघि ३६ औं मिनेटमा डोहेर्टीले गोल गर्दै वुल्भ्सलाई १-० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको वुल्भ्सले दोस्रो हाफमा एक गोल थप गरेको थियो । ६२ औं मिनेटमा जेमिनेजले गोल गर्दै वुल्भ्सलाई २-० गोलको अग्रता दिलाए । तर यसपछि भने वाटफोर्डले उत्कृष्ट पनरागमन गर्‍यो ।

७९ औं मिनेटमा डेउलोफेउले गोल गर्दै वाटफोर्डलाई २-१ गोलमा ल्याएका थिए । खेलको अतरिक्त समयमा डेनीले पेनाल्टीबाट गोल गरेपछि २-२ गोलको बराबरी भएको थियो ।

म्यान्चेस्टर सिटीले यसअघि नै ब्राइटनलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment