+
+
Shares

राप्रपा कार्यकर्तामाथि यसरी बर्सियो प्रहरीको लाठी

चन्द्र आले चन्द्र आले
२०७५ चैत २५ गते १६:२०

२५ चैत, काठमाडौं । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग राख्दै प्रदर्शनमा उत्रिएको राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

राप्रपाले रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा आई कोणसभा गरेको थियो । नेताहरुले भाषण गरिरहेका बेला कार्यकर्ता सडक अवरुद्ध गर्न पुगेपछि झडप भएको थियो ।

प्रदर्शनभर गाडी रोकेको प्रहरीले एकाएक सवारी आवागमन सञ्चालन गरेपछि राप्रपा अध्यक्ष कमल थापाले कार्यकर्तालाई बन्द गर्न निर्देशन दिए । लगत्तै राप्रपा कार्यकर्ताले सडक बन्द गर्न खोजेपछि झडप भएको हो । त्यसक्रममा केही घाइते भएका छन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?