Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूटबीच सम्झौता

२६ चैत, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट (एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले द्रुत गतिमा विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा  बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र एनबीआईका तर्फबाट सहायक महाप्रबन्धक धन थापाले हस्ताक्षर गरे ।

सम्झाैता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे विस्तृत जानकारी गराईने छ ।

बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एपबारे ज्ञान दिलाई आ-आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्ने बैंकले जनाएको छ ।

साथै बैंकले यस एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ ।

यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सन्चालन बारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने बैंकको विश्वास छ ।

वित्तीय साक्षरता को सबै आवश्यक सामाग्री सबै माझ लैजान यस कार्यले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment