Comments Add Comment

प्रदेश सांसदको डाक्टरलाई आग्रह : अस्पतालमा हड्ताल रोक

२६ चैत, बुटवल । अस्पतालमा चिकित्सकहरुले गरिरहेको हड्तालले बिरामीहरु उपचार सेवाबाट बञ्चित भएको भन्दै प्रदेशसभा सांसदले आन्दोलन रोक्न आग्रह गरेका छन् ।

प्रदेशसभाको मंगलबारको बैठकमा प्रदेश ५ का सांसदहरूले विशेष समयमा बोल्दै कर्मचारी समायोजनको विषयलाई लिएर चिकित्सकहरूले गरेको हड्तालले सर्वसाधारण बिरामीहरुले उपचार पाउन नसकी समस्यामा परेको भन्दै हसजरुपमा सेवा पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले डाक्टरहरूको हडतालले सर्वसाधारण बिरामी उपचार सेवाबाट बञ्चित भएको भन्दै हड्ताल रोकेर वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे । ‘डाक्टरहरूले उपचार नै रोकेर हडताल गर्दा विरामीहरुले उपचार पाउन सकेनन्,’ सांसद श्रेष्ठले भने, ‘उपचार सेवा जस्तो अत्यावश्यक क्षेत्रमा बन्द हडताल गर्नु कानून विपरीत छ ।’

डाक्टरहरुको जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने सांसद श्रेष्ठको आग्रह थियो । अर्का सांसद अमरबहादुर डाँगीले प्रदेश ५ का तराईका ६ वटै जिल्लामा अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या जटिल रहेको भन्दै यथाशीघ्र भूमि व्यवस्था आयोग गठन गर्न माग गरे ।

भूमि आयोग नबन्दा जग्गा कारोबार गर्नेहरुले जग्गाको खण्डिकरण गर्न प्रोत्साहित गरेका र जमिनको मूल्य अस्वभाविक वृद्धि गराएको बताए । अर्का सांसद मोहम्मद याकुव अन्सारीले नेपालको जडिबुटी निकासी रोकिएको भन्दै निकासीको व्यवस्थाको पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभाको बैठकले दुईवटा विधेयक पारित गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले पेश गरेको पेस गरेको प्रदेश ५ प्रशारण विधेयक प्रतिवेदन सहित र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले पेश गरेको प्रदेश ५ सहकारी विधेयक पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment