+
+

चिकित्सक संघले बोलायो आकस्मिक भेला

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १५:३८
Photo Credit : फाइल तस्वीर

२७ चैत, काठमाडौं । वीर अस्पताल प्रशासनले प्रहरी प्रयोग गरेर सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बन्द रहेको टिकट काउन्टर खुलाएपछि नेपाल चिकित्सक संघ आक्रोशित भएको छ ।

उसले भावि रणनीति तय गर्न भन्दै बिहीबार भेला बोलाएको छ । उपत्यकामा भएका सबै अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिलाई भोलि २ बजे बोलाइएको महासचिव डा. लोचन कार्कीले जानकारी दिएका छन् ।

संघले चिकित्सकमाथि भएको धरपकडको निन्दा गरेको छ । समायोजनलाई लिएर उत्पन्न समस्या समाधान गर्न वार्ता र सम्वाद गर्नुपर्नेमा चिकित्सक पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, प्रहरी लगाएर धरपकड गर्ने गरेर चिकित्सकहरुलाई चिढ्याउने काम गरेको चिकित्सक संघको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?