+
+
Shares

उद्योगी दिवाकर गोल्छाको अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २८ गते १९:०१

२८ चैत, काठमाडौं । उद्योगी एवंव पूर्वसांसद दिवाकर गोल्छाको बिहीबार अन्त्येष्टि गरिएको छ । उपचारका क्रममा भारतको चेन्नेइमा निधन भएका गोल्छाको मारवाडी समुदायको मृत्यु संस्कारअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

गोल्छाको पार्थिव शरीर भारतबाट बिहीबार दिउँसो ३ बजे काठमाडौं ल्याएरर साँझसम्म गोल्छा निवास बुद्धनगरमा श्रद्धान्जलीको लागि राखिएको थियो ।

मिर्गौला सम्बन्धी रोगको उपचारको लागि भारत गएका गोल्छाको मंगलबार राति निधन भएको थियो ।

६७ वर्षीय स्वर्गीय गोल्छाका २ छोरा छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत भइसकेका स्व. गोल्छाको नेपालको औद्योगीकरणमा महत्वपूर्ण भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?