Comments Add Comment

कांग्रेस नेताहरुलाई झलनाथको आग्रहः ऐनामा आफ्नो अनुहार हेर्नुस्

३० चैत, काठमाडौं । नेकपाका नेता झलनाथ खनालले अवसर पाउँदा केही गर्न केही नगरेको कांग्रेसले अहिले गफ लगाउने थालेको टिप्पणी गरेका छन् । कांग्रेसले केही गर्न नसकेकै कारण युवा जनशक्ति विदेशिन बाध्य भएको उनले बताए ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा खनालले भने, कम्युनिस्ट पार्टीले विकास निर्माणमा केही गर्न सक्दैन भनेर विरोधको कुनै अर्थ म देख्दिनँ ।’

कांग्रेसले २०४६ साल यता पटकपटक सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै उनले भने, ‘अहिले कांग्रेसका साथीहरुले हामी गर्छौ भनेर अहिले गफ लगाउनुभएको छ । तर ४६ साल पछाडि अवसर प्राप्त भएको हैन तर, के गर्नुभो ? सारा देशलाई गरिबीमा डुबाउनुभयो । सारा देशमा वेरोजगारीमा डुबाउनुभयो ।’

‘झण्डै ५० लाख भन्दा बढी युवाहरु विदेशमा जान बाध्य छन् । यो बाध्यता खडा गर्यो कसले ? कांग्रेसका साथीहरुलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्न भन्न चाहन्छु ।’

देश विकास गर्ने कम्युनिस्ट पार्टी मात्र भएको भन्दै खनालले विरोधको कुनै अर्थ नरहेको बताए । पछिल्लो समय लोडसेडिङ गराउने तत्व सक्रिय भएको भन्ने खबर आएको भन्दै उनले त्यसविरुद्ध सरकार दृढताका साथ उभिन पर्ने बताए ।

कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले शान्ति सुरक्षा कायम गर्दै सभा स्वच्छ, हराभरा बनाउन महानगरले विशेष अभियान सुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment