+

विश्वकप क्रिकेट खेल्ने बंगलादेशी टिम छानियो

२०७६ वैशाख  ३ गते १४:०० २०७६ वैशाख ३ गते १४:००
विश्वकप क्रिकेट खेल्ने बंगलादेशी टिम छानियो

३ वैशाख, काठमाडौं । विश्वकप क्रिकेट, २०१९ का लागि बंगलादेशी टिम छनोट गरिएको छ । १५ खेलाडीमा एकदिवसीयमा डेब्यू गर्न बाँकी नै रहेका अबु जाभेदसमेत परेका छन् ।

गएको महिना न्युजिल्याण्डसँगको टेस्टमा स्वीङ बलिङमा राम्रो प्रभाव पारेकाले जाभेदलाई टिममा राखिएको विश्वास गरिएको छ । यस्तै एसिया कप २०१८ मा खेलेका मध्यक्रमका ब्याट्सम्यान मोसद्देक हुसैन पनि टिममा फर्किएका छन् ।

मसरफी मोतार्जाको कप्तानीमा रहेको टिममा लिटन दास, मोहम्मद मिथुन, मुसफिकर रहिम, महमुदुल्लाह, सकिब अल हसन, तमिम इकवाल, सौम्य सरकार, मोहम्मद सैफुदिन, अबु जायद, मुस्तफिजुर रहमान, रुबेल हुसैन, मेहदी हसन मिराज, सब्बीर रहमान र मोसद्देक हुसैन रहेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय