Comments Add Comment

२६ कर्मचारीलाई गण्डकी सरकारको सम्मान (सुचीसहित)

४ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका २६ जना कर्मचारीलाई सम्मान गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रदेशका विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत २६ जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यसअघि फागुन ४ गते प्रदेश दिवसका अवसरमा प्रदेशका कर्मचारीलाई सम्मान गर्ने योजना थियो । तर, कार्यसम्पादन मूल्यांकन तथा तयारी नपुगेको भन्दै सम्मान रोकिएको थियो । सम्मानित हुनेमा प्रदेशका प्रमुख सचिवदेखि मन्त्रालयका कार्यालय सहयोगीसम्म छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव लक्ष्मीराम पौडेलको संयोजकत्वको समितिले सम्मानित कर्मचारीको नाम सिफारिस गरेको थियो । प्रमुख सचिव शर्माको सिफारिसको नामलाई मन्त्रिपरिषदको बैठकले छनोट गरेको हो ।

मन्त्रिपरिषदको बैठकले स्वत अवकाश लिन लागेका प्रमुख सचिव लक्ष्मीरामलाई प्रशंसापत्रले सम्मान गर्ने निर्णय गरेको छ भने बाँकी कर्मचारीले नगदसहित पुरस्कार पाउने सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

‘नाम छनोट भयो । अबको कुनै एक विशेष दिवश पारेर पुरस्कृत गर्ने योजनामा छौं, मिति तय भइसकेको छैन,’ प्रवक्ता बस्नेतले भने । २५ हजार, ५० हजार र ७५ हजार रुपैयाँका दरले कर्मचारीलाई पुरस्कृत गरिने छ ।

हेर्नुहोस् सुची

क्र.स. नाम पद कार्यालय रकम (रु)
लक्ष्मीराम पौडेल प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रशंसापत्र
फाणिन्द्रमणि पोखरेल सचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालय ७५ हजार
ईश्वरचन्द्र मरहट्टा सचिव भौतिक पूर्वाधार मन्त्रालय ७५ हजार
अमृत पोखरेल मेडिकल सुपरिटेन्डेन्ट जिल्ला अस्पताल स्याङ्जा ५० हजार
गृष्मा न्यौपाने पशु चिकित्सक पशु तालिम केन्द्र कास्की ५० हजार
शिवकुमार सापकोटा प्रमुख शिक्षा तालिम केन्द्र तनहुँ ५० हजार
नारायण बराल डिभिजन इन्जिनियर भौतिक पूर्वाधार विकास कार्यालय कास्की ५० हजार
दयाराम अधिकारी डिभिजन इन्जिनियर पूर्वाधार विकास कार्यालय पर्वत ५० हजार
नारायण कुसुम पशु चिकित्सव भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङ ५० हजार
१० नवीनकिरण भुसाल अधिकृत सामाजिक विकास मन्त्रालय ५० हजार
११ विष्णुप्रसाद आचार्य शाखा अधिकृत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ५० हजार
१२ बालकृष्ण सुवेदी अधिकृत आर्थिक मामिला तथा योजना मन्त्रालय ५० हजार
१३ आमोद दाहाल कानुन अधिकृत आन्तरिक मामिला तथा कानुन मन्त्रालय ५० हजार
१४ हरिबहादुर धिताल पशु स्वास्थ्य अधिकृत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङ ५० हजार
१५ दीपक शेरचन इन्जिनियर खानेपानी तथा सरसफाइ डिभिजन बागलुङ र मुस्ताङ २५ हजार
१६ शिव परियार वन प्राविधिक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय २५ हजार
१७ श्यामराजा जोशी लेखा अधिकृत प्रदेश लेखा नियन्त्रक कार्यालय कास्की २५ हजार
१८ भरत भुसाल नायव सुब्बा भौतिक पूर्वाधार मन्त्रालय २५ हजार
१९ मधु बराल नायब सुब्बा प्रदेश सभा सचिवालय २५ हजार
२० देवी कपाली नायब पशु स्वास्थ निरीक्षक भेटेरीनरी अस्पाताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखा २५ हजार
२१ तिलक शर्मा पौडेल खड्दार कृषि ज्ञान केन्द्र म्याग्दी २५ हजार
२२ नरजंग गुरुङ सब इन्जिनियर जनस्रोत तथा सिंचाइ विकास डिभिजन मनाङ २५ हजार
२३ चमेली देवकोटा सहायक वन अधिकृत डिभिजन वन कार्यालय नवलपुर २५ हजार
२४ रमाकान्त ढकाल नायब सुब्बा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय २५ हजार
२५ बाटुली शर्मा कार्यालय सहयोगी भौतिक पूर्वाधार मनत्रालय २५ हजार
२६ रमा कुमाल कार्यालय मुख्यमन्त्री तथा मन्त्रिरिषदको कार्यालय २५ हजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment