Comments Add Comment

उत्तरगंगा आयोजना ८२८ मेगावाटमा बन्ने, टुंगियो पानीको विवाद

४ वैशाख, काठमाडौं । उत्तरगंगा जलाशययुक्त आयोजनाबाट विद्युत निकालिएपछिको पानी कालीगण्डकीको सहायक नदी निसीखोलामा झारिने भएको छ । ८२८ मेगावाटमा आयोजना बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन तयार हुने भएको छ ।

यसअघि सत्तारुढ दल नेकपाका नेताहरुबीच यो पानी कता खसाल्ने भन्नेमा जुँगाको लडाइँ थियो । जसका कारण आयोजना अघि बढाउन समस्या परेको थियो ।

विद्युत प्राधिकरणले बाग्लुङमा निर्माण गर्न लागेको यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न परामर्शदाता छनोटको काम सुरु गरेको छ । प्राधिकरण अन्तरगतको उत्तरगंगा पावर कम्पनीले परामर्शदाता छनेटका लागि आह्वान गरेको आशयपत्रमा कालीगण्डकीतर्फको निसी खोलामा पानी खसाल्ने गरी आयोजना तयार हुने उल्लेख छ ।

भेरीको सहायक नदी हो- उत्तरगंगा । उत्तरगंगामा बाँध बनाएर यो जलासययुक्त आयोजना निर्माण गरिँदैछ । अहिलेको प्रस्ताव अनुसार नै बनाउने हो भने यो आयोजनाबाट बिजुली निकाल्दा उत्तरगंगाको पानी भेरीको साटो कालीगण्डकीमा खस्नेछ ।

आयोजना सबैभन्दा सस्तो पर्ने गरी १३५० मिटरमा बनाइने भएको छ । तर, सत्तारुढ दलभित्रकै नेताहरुले यसअिघ उत्तरगंगाको पानी कता खसाल्ने भन्ने विवाद टुंग्याएका थिएनन् । यो आयोजना बनाउन १ खर्ब बढी लगानी लाग्ने अनुमान छ ।

नेकपाका कणर्ाली प्रदेश इञ्चार्ज एवं पूर्व ऊर्जामन्त्री जर्नादन शर्मा प्रभाकर विद्युत उत्पादनपछि निक्लिएको पानी कालीगण्डकीतर्फ फर्काएर आयोजना बन्न दिने पक्षमा थिए । तर नेकपाका महासचिव विष्णु पौडेल, नेकपा स्थायी समिति सदस्य तथा श्रम मन्त्री गोकर्ण बिष्ट लगायतका नेताहरु भने कालीगण्डकीतर्फ नै उत्तरगंगाको पानी झारेर आयोजना पूर्ण क्षमतामा बनाउनुपर्ने अडानमा थिए ।

ऊर्जा मन्त्रालयले भेरी नदीमा १२८ मेगावाटको डाँडागाउँ-खलङगा तथा ४४० मेगावाटको भेरी-१ चिनियाँ कम्पनी गेजुवा ग्रुप पावर इन्भेस्टमेन्टलाई र ३०० मेगावाटको भेरी-४ आयोजना भेरी इनर्जीलाई सर्बे लाइसेन्स दिइसकेको छ ।

उत्तरगंगाको पानीलाई कालीगण्डकीतर्फ फर्काएर उत्तरगंगा आयोजना बनाइएमा भेरीमा बन्ने अन्य आयोजना प्रभावित हुने तर्क रुकमका नेताले गरेका थिए ।

नदीको पानी कता डाइभर्ट गर्ने भन्ने राजनीतिक खिचातानीले गर्दा प्राविधिक, आर्थिक, सामाजिक र वातावरणीय रुपमा आकर्षक रहेको आयोजना नै अन्योलमा थियो ।

कस्तो आयोजना उत्तरगंगा ?

यो आयोजना सुख्खायामलाई लक्षित गरी बनाइनेछ । नोभेम्बरबाट अपि्रलसम्म ५ देखि १२ घण्टा चलाउने गरी बन्नेछ । यसमा ४१७ र ४०४ मेगावट उत्पादन क्षमताका दुई वटा पावरहाउस रहनेछन् । जसले वर्षमा १ अर्ब २९ करोड ९० लाख युनिट विजुली उत्पादन गर्नेछ ।

आयोजना कम वालुवा तथा ढुंगा हुँदा जलाशयको आयु लामो हुने, २५० हेक्टर मात्रै खेतियोग्य जमीन डुवानमा पर्ने र ६२५ घरपरिवारमात्रै विस्थापित हुने भएकाले यो आयोजनालाई आकर्षक मानिएको छ ।

यो परियोजना नेपालको पावर ब्याकअपका लागि निकै महत्वपूर्ण छ । यसको पूर्वसम्भाव्यता अध्ययन सन् २००३/२००४ मै भएको थियो । यो परियोजना काठमाडौंबाट ३९८ किलोमिटर पश्चिममा पर्छ ।

प्रस्तावअनुसार यसको बाँध बाग्लुङको गावागाउँमा अवस्थित बन्नेछ । पावरहाउस-१ हिलेचौर र पावरहाउस २ सम्जाखर्कमा राख्न खोजिएको छ । यो परियोजना बाग्लुङ-बुर्तिबाङ सडकखण्डको पहुँचमा छ । प्रस्तावित पावरहाउस बागलुङको बुर्तिबाङ बजार नजिक पर्छ ।

आयोजना बनाउन ४८ किलोमिटरको नयाँ सडक खन्नुपर्छ भने २७ किलोमिटर खण्ड स्तरोन्नति गर्नुपर्ने अवस्था छ ।

सुरुमा ३०० मेगावाटका लागि सर्भे लाइसेन्स जारी गरिए पनि गत वर्ष आयोजनालाई अपग्रेड गरेर ८२८ मेगावाटमा लगिएको छ । यसको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन -ईआईए) तयार भएर सरकारसमक्ष पेश गरिसकिएको छ ।

आयोजनाको मुख्य काम भनेको २ सय मिटरको ढुंगेबाँध बनाउनु हो । यो आयोजनामा ९ हजार ५७५ मिटरको हेड रेस सुरुङ बनाउनुपर्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment