Comments Add Comment

ओपोको ‘एफ११ प्रो’ सोमबारदेखि नेपाली बजारमा

सुपर फास्र्ट चार्जिङदेखि उत्कृष्ट फिचरको संयोजन

५ बैशाख, काठमाडौं । ओपोले नेपालमा बैशाख ९ गते सोमबार ‘एफ११ प्रो’ सार्वजनिक गर्ने घोषणा गरेको छ । एफ सिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ११ प्रो मा भोक ३.० सुपर फास्र्ट चार्जिङका साथ दूई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहित सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ ।

एफनाइन अन्तर्गतका उत्कृष्ट फिचर्स तथा डिजाइनका साथै फोनमा विभिन्न नवप्रबर्तनात्मक प्रविधि तथा ४८ एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन लगायत पनि उपलब्ध हुने छन् ।

यी विशेषता मार्फत कम्पनीले आफ्ना उपभोक्तालाई आरामदायी तथा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

एफ११ प्रो सार्वजनिकका लागि आयोजना हुने कार्यक्रममा नेपाली चलचित्र जगत्की अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थिति रहने कम्पनीले जानकारी दिइएको छ ।

४ हजार एमएएच ब्याट्री सहितको फोनमा कम्पनीद्वारा स्वःविकसित भोक ३.० फास्र्ट चार्जिङ प्रविधि पनि उपलब्ध गराएको छ । फोनको चार्जिङ तीव्र गतिमा होस् भन्ने चाहना आजभोली सबैमा छ ।

एफ११ प्रोमा उपलब्ध भोक ३.० ले फोनको चार्जिङका लागि घण्टौँ कुर्नु पर्ने झञ्झटबाट उपभोक्तालाई छुटकारा दिनेछ । यो प्रविधिको सहायताले मात्र केही क्षणको चार्जिङ बाटै केही घण्टाका लागि पर्याप्त टकटाइम प्राप्त गर्न सकिन्छ ।

भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्यान्ट करेण्ट (भोक) लाई पहिलो पटक कम्पनीले सन् २०१८मा सार्वजनिक गरेको थियो ।
यो चार्जिङ समाधानले तीव्र गतिको चार्जिङ मात्र नभइ उपभोक्तालाई फोन तात्ने लगायत समस्याबाट समेत सुरक्षा प्रदान गरेको छ ।

ओपो एफ११ प्रो का साथमा सार्वजनिक हुने भोक ३.० ले बजारमा उपलब्ध समान ४ हजार एमएएच ब्याट्री क्षमता सहितका फोनको तुलनामा तीव्र चार्जिङ समाधान प्रदान गर्ने कम्पनीको दावी छ ।

ओापोको नयाँ भोक ३.० चार्जिङ प्रविधिले ट्रिकल चार्जिङ गतिमा भोल्टेज न्यूनिकरण मार्फत सुधार प्रदानगर्दै चार्जिङको लागि लाग्ने समयमा २० प्रतिशतसम्मले न्यूनिकरण ल्याउँछ ।

यो फिचर विशेषगरी स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने मोबाइल गेमर्सका लागि उपयोगी छ । अहिलेका लोकप्रिय गेमहरुका लागि तुलनात्मकरुपमा अधिक उर्जाको आवश्यकता पर्छ जसले गर्दा फोनको ब्याट्री खपत तीव्र गतिमा हुन्छ । कहिले काहीँ यसले गर्दा फोनको चार्जिङ भन्दा डिस्चार्जिङको गति तीव्र हुने गर्छ ।

जसले गर्दा फोन चार्ज गर्दै गेम खेल्ने सोच पनि ब्यर्थ हुन सक्छ । यस्तो अवस्थामा भोक ३.० गेमर्सका लागि निकै उपयोगी प्रमाणित हुन्छ । यसको सहायताले लामो समयसम्म गेम खेल्न सकिनुका साथै चार्ज गर्दै गेमको मज्जा पनि लिन सकिन्छ ।

फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’मा आधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ । यसमा आधारित रहेर नयाँ फोन, ठण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई आकर्षक ग्राडियण्ट रंगमा उपलब्ध गराउने ओपोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment