Comments Add Comment

पवित्रभूमि नमोबुद्धको सुन्दरता (फोटो फिचर)

बिदा मनाउनका लागि परिवारसहित घुमघामको योजना बनाइरहनुभएको छ भने राजधानी नजिकैको नमोबुद्ध एउटा विकल्प हुन सक्छ । बौद्ध धर्मालम्बिका लागि पवित्र तिर्थस्थल नमोबुद्ध प्राकृतिक पनि रुपमा निकै सुन्दर छ । यहाँबाट बिहान-बेलुका आकर्षक सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ ।

नमोबुद्धमा पर्यटकीय संरचना निर्माण तिव्ररुपमा निर्माण भइरहेको छ । स्तरीय होटलहरु खुल्ने क्रममा छन् । पदयात्राका लागि बाटोहरु बन्दैछन् ।

नेपाली जनमानसमा घुमघामको संस्कार बढिरहेका बेला नमोबुद्धमा आन्तरिक पर्यटकहरु निकै देखिन थालेका छन् । यहाँ साइकलयात्रीहरु पनि उत्तिकै हुन्छन् । मोटरबाइकमा जाने जोडीहरु धेरै हुन्छन् भने हाइकिङ्गबाट पनि धेरै यात्रु नमोबुद्ध पुग्छन् । नजिकका पर्यटकीय गन्तव्यहरु बल्थली धुलिखेल जाने यात्रुले नमोबुद्ध पनि भ्याउँछन् ।

यद्यपि,  विदेशी पर्यटकको भने न्यून उपस्थिति रहेको छ । नमोबुद्धमा धेरै मध्यम स्तरका होटल छैनन् ।  यहाँ कि सामान्य गेस्टहाउस छन् कि ठूला रिसोर्ट ।

पहाडको चुचुरोमा रहेको नमोबुद्धबाट चारैतिर हरियाली देखिन्छ । गाउँपाखा पखेर हेर्न पाइन्छ । चिसो हावा खाँदै खुल्ला संसारमा रमाउन पाइन्छ । बुद्धकालीन इतिहास बुझन चाहनेका अध्ययनशील विद्यार्थी यहाँ पुग्नैपर्छ ।

नेपाल सरकारले पर्यटकीय क्षेत्र विकासका लगि स्वयम्भूनाथ बौद्ध लुम्बिनीसँगै नमोबुद्धलाई राष्ट्रिय बुद्ध सर्किटमा राखेको छ । बुद्ध सर्किटमा राखेपछि यहाँ बौद्ध धर्मालम्बी बाहुल्य रहेका चीन, थाइल्याण्ड, म्यानमार, जापान, कोरिया, श्रीलंकालगायत देशहरुबाट पर्यटकहरु पुग्ने गरेका छन् । नमोबुद्धमा पुरातात्विक ऐतिहासिक शिलालेख र दस्तावेजहरु यत्रतत्र देख्न पाइन्छ ।

तामाङ्ग संस्कृतिप्रति अभिरुचि हुनेहरुका लागि नमोबुद्ध एउटा गतिलो गन्तव्य हो । यहाँबाट हिमाल हेर्न पनि उत्तिकै रमाइलो हुन्छ । उत्तर पुर्वी हिमाली मोहडा सुन्दर देखिन्छ ।

नमोबुद्धसम्मै गाडी पुग्छ । तर हाइकिङ्ग रुटको सहारा लिन पनि सकिन्छ । धुलिखेलको शान्त वन हजारसिडी हुँदै नमोबुद्ध जान सकिन्छ । यहाँबाट शंखु इटे हुँदै पनि बल्थली पुगिन्छ । बल्थलीबाट खोपासी हुँदै पनौतीबाट काठमाडौं र्फकने पनि बाटो छ ।

राजा महारथ पुत्र महासत्वले भोकाएकी सुत्केरी बघिनी र डमरुहरुलाई शरिर दान दिएर बचाएको पौराणिक कथामा आधारित छ नमोबुद्ध । गौतम बुद्धले शिष्यहरुसँग नमोबुद्ध पुगेर ध्यान गरेको जनश्रुति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment