Comments Add Comment

नेपालमा एक हजारभन्दा बढी बिक्यो टाटा ‘नेक्सन’

१० वैशाख, काठमाडौं । करिब एक वर्षमै टाटाको कम्प्याक्ट एययूभी ‘नेक्सन’ नेपाली बजारमा १ हजारभन्दा बढीको संख्यामा बिक्री भएको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी अटो ट्रडिङले झण्डै एक वर्षको बीचमा हजार भन्दा बढी नेक्सन गाडी बेचेको हो ।

कम्पनीका अनुसर यो गाडीलाई धेरै ग्राहकले रुचाएका छन् र निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । अहिले नेपाली कार बजारमा बढी चर्चामा रहेका कारमध्ये एक हो ।

सेगमेन्टमा पनि नेपाली बजारमा प्रतिस्पर्धा थालेको नेक्सनलाई उपभोक्ताले रुचाएका पनि छन् ।

टाटाको आफ्नै प्रभावशाली डिजाइन दर्शनमा आधारित चौंथो उत्पादन हो, नेक्सन । निकै प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा आएको नेक्सनले निकै राम्रो प्रभाव छाड्दैछ ।

टाटा नेक्सनमा केही भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूभी स्पेसको वर्गमा नयाँ आयाम ल्याएको छ ।

डुअल कलरटोनमा उपलब्ध यो कार केही नवीन र चाख लाग्दो स्टाईल फ्याक्टरहरुबाट सुसज्जित छ । यसमा प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प तथा १६ इन्च एलोय ह्वील महत्वपूर्ण विशेषताका रुपमा छन् ।


नेक्सनको डिजाइन निकै अब्बल किसिमको छ । त्यसैले यो एउटा कम्पलीट कम्प्याक्ट एसयूभी भएको दावी वितरक सिप्रदी ट्रेडिङको छ ।

फेलाइन-आई शेप्ड डे-टाइम रनिङ लाइट पनि लगाइएको छ । यसमा हनी कम्ब गि्रल र फग ल्याम्प पनि छ । यसको फ्रन्ट लुक निकै युनिक देखिन्छ ।

यसका अलावा डुअल टोन रुफ, १६ इन्च मेसिन कट एलोय हृवील र ˆलेयर्ड ह्वील आर्चेजले यसलाई स्पोर्टी र पि्रमियम लुक्स दिएको छ ।

कारको पछाडिको क्रिस्टल क्लियर एलईडी टेल लाइट, बम्परमा ब्ल्याक प्लाष्टिक क्लेडिङ लगाइएको छ । जसले कारलाई दमदार देखाएको छ ।

टाटा नेक्सनको इन्टेरियरलाई सजाउन पनि कम्पनीले निकै मिहिनेत गरेको छ । उत्कृष्ट फिनिससहितको उच्चस्तरीय इन्टेरियरका साथै पि्रमियम लुक्सको ड्यासबोर्डले कारलाई थप आकर्षक बनाएको छ ।

नेक्सनमा रहेको ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी-ड्राईभिङ मोड सिस्टम पनि मजबुत पाटा हुन् । यसको इन्टेरियर अन्यको भन्दा अलग पनि छ ।

नेक्सनमा थ्री टोन क्याबिन छ । यो एसयूभीमा ६.५ इन्चको फ्लोटिङ ड्यासबोर्ड टचक्रिन लगाइएको छ । कम्पनीकाअनुसार यो सेगमेन्टमै आएको पहिलो सुविधा हो ।

यो टच स्त्रिmन इन्फोटेन्मेन्ट सिस्टम हार्मोन कम्पनीको हो । जुन, यो सेगमेन्टमा सायदै उपलब्ध होला ।

योसँगै ८ वटा स्पिकर जोडिएको छ । यो सिस्टममा स्मार्टफोन कनेक्टिभिटी, एप्पल कार प्ले, एन्ड्रोइड अटो र नेभिगेसनका सुविधा पनि छ । यसमा टिगोरमा जस्तै इन्स्ट्रयुमेन्ट कन्सोल पनि छ । यसमा छाता राख्ने विशेष स्पेश पनि छ ।

कम्र्फटका मामिलामा गाडी निकै अब्बल छ । यसको फ्रन्ट र रेयर सिटमा पर्याप्त स्पेस छ । कारको सिटमा राम्रो खालको लेदरको प्रयोग गरिएको छ ।

यसमा ड्राइभर सिट हाइट एड्जस्टमेन्ट, फूल्ली अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका फिचर्स पनि छन् ।

त्यसैले यो निकै आरामदायक छ । कारमा ठूलो ग्लो बक्स पनि दिइएको छ । कप होल्डर पनि छन् । नेक्सनमा ३५० लिटरको बुट स्पेस छ । रेयर सिट फोल्ड गरियो भने ६९० लिटर हुन्छ ।

यसमा स्मार्ट कि र पुस बटन स्टार्टको सुविधा छ । योकार ३९९४ मिलीमिटर लामो, १८११ मिलिमिटर चौैडा र १६०७ मिलिमिटर अग्लो छ । यसको ह्वील बेस २४९८ मिलिमिटर र टर्निङ सर्कल ५.१ मिटरको भएकाले यसको ह्याण्डलिङ पनि सजिलो छ ।

यसमा अटो तथा मेनुअल क्लाइमेट कन्ट्रोल सुविधासहितको एयर कन्डिसनर, पावर आउटलेट लगायतका एसयूभीमा हुनुपर्ने सबै खालमा सुविधा छन् । युएसबी चार्जर, रेयर पावर आउटलेट, पावर विन्डो लगायतका विशेषताबाट पनि यो सजिएको छ ।

सुरक्षाका मामिलामा पनि कार उत्कृष्ट छ । यसमा डुअल एयरब्याग छ । आईएसओफिक्स, एबीएस र कर्नर स्टेबिलिटी कन्ट्रोलको स्टान्डर्ड फिचर्स पनि छ । यो कारले अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त क्र्यास टेस्टमा फाइभ स्टार पाएको छ ।

किलेस इन्ट्रीको सुविधा पनि नेक्सनमा छ । फ्रन्ट सिल्ट बेल्ट, रेयर डेफोगर, रेयर एण्ड फ्रन्ट फग ल्याम्प, एबीएस विद ईबीडी लगायतका फिचर पनि छन् ।

उत्कृष्ट ग्राउण्ड क्लेयरेन्स र क्षमताका कारण यो गाडी नेपाली बाटोका लागि उपयुक्त छ । यसमा २०९ एमएमको ग्राउण्ड क्लेयरेन्स छ ।

त्यसैले पनि नेक्सनले यात्रुलाई निकै आत्मविश्वास दिन्छ । गाडीमा रेयर पार्किङ सेन्सरहित विशेष सुविधासहितको क्यामेरा पनि छ ।

नेक्सन इम्प्रेसिभ लुक्सका साथमा दमदार इञ्जिनसहित बनेको छ । नेक्सनमा १.२ लिटरको ३ सिलिण्डरयुक्त रेभोर्टन इञ्जिन छ । डिजेल भर्सनमा भने १५ सय सीसीमा ४ सिलिन्डरको रेभोटर्क इन्जिन छ ।

पेट्रोल इन्जिनले ११० पीएसको पावरका साथमा १७० एमएमको टर्क उत्पादन गर्छ । डिजेल इन्जिनले भने १०९ पीएसमा २६० एनएमको टर्क दिन्छ । दुबै भर्सनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन छ ।

सहज ड्राइभिङका लागि ४ वटा मोडको विकल्प छ । इको, सिटी र स्पोर्ट मोडमा गाडी चलाउन सकिन्छ । यसको सस्पेन्सन सिस्टम पनि नेपाली बाटोको लागि उपयुक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment