Comments Add Comment

भावनामा बगेर पार्टी चल्दैन : हरिबोल गजुरेल

जिल्ला नेतृत्व चयनप्रति असन्तष्ट

१० वैशाख, रामेछाप । नेकपाका नेता हरिबोल गजुरेलले पार्टी केन्द्रले जिल्ला पार्टीको पदाधिकारीमा गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले पार्टी नेतृत्वले एक वर्ष लगाएर फेरि पनि पुरानै निर्णय गरेको आरोप लगाए ।

‘पार्टीको जिल्ला नेतृत्वलाई कसरी लैजाने भन्ने विषयमा एकवर्षसम्म बहस भयो । तर, एक वर्षपछि हामीले फेरि पहिलाकै अवस्थामा फर्किएर निर्णय गर्‍यौं । यस्तो किन हुन्छ, यस बारेमा गम्भीर बहस गर्नु पर्छ’, उनले भने ।

नेकपाको स्थापना दिवसको अवसमा पार्टीको प्रदेश ३ कमिटीले पुष्पलालको जन्मस्थल रामेछापमा आयोजना गरेको कार्यक्रममा बोल्दै गजुरेलले पार्टी भावनामा बगेर नचल्ने पनि बताए ।

पार्टीप्रति युवाहरुको आकर्षण घटेको पनि उनले गुनासो गरे । अब पुराना पुस्ताले पार्टी हाँक्न नसक्ने बताउँदै युवाहरुले पार्टीमा नयाँ बहस सुरु गर्नु पर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै नेकपाकी ३ नं प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले पुष्पलालको बिचार र दिनचार्यलाई नजिकबाट अध्ययन गरेर अघि नबढ्ने हो भने कम्युस्टि पार्टी अघि नबढ्ने बताए ।

कार्यक्रमलाई नेकपाका नेता डाक्टर वेदुराम भुषाल लगायतले सम्बोधन गरेका थिए ।

यसअघि नेताहरुले रामेछापको भंगेरीस्थित पुष्पलालको जन्मस्थलमा रहेको गंगालाल र पुष्पलालको शालिकमा माल्यापर्ण गरेका थिए ।

प्रजातान्त्रिक आन्दोलनका ४ शहीद मध्येका एक शहीद गंगालाल र कम्युस्टि पार्टीका संस्थापक महासचिव पुष्पलाल दाजुभाइ हुन् ।

दुबैको जन्म रामेछापको भंगेरीमा भएको थियो । कम्युस्टि पार्टीको स्थापना दिवसको अवसर पारी भंगेरीमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ३ नं प्रदेश अन्तर्गतका नेकपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment